जाजरकोटमा अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले अवसर नदिएको गुनासो गरेका छन् । राज्यका विभिन्न तहमा रहेका निकायहरु बाट आफुहरुका लागि प्रयाप्त जीवन निर्वाहको अवसर नदिएको उनिहरुको गुनासो रहेको छ ।
केही मिठो बात गर रात त्यसै ढल्किँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ नेपाली आधुनिक गायनमा नाराय
ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् ।
गोरखापत्र दैनिकमा “दिउँसै एक सय ३९ रुख गायव” शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर, कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको जनाएको हो ।
बुवाआमा अपाङ्गता भएका छोरालाई गाली गर्दै डोरीले बाँधेर मेलापात हिँड्छन । उनीहरूले उनलाई खान पनि दिएका हुँदैनन । सँगै रहेकी बहिनीलाई समेत
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्यौलमा परेको छ ।
बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा स्थानीय तहमा नियमित स्वास्थ्य परीक्षण गर्दा २८ जना बालबालिकामा कुपोषणको समस्या भेटिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहान अध्याँरोबाटै घर भत्काउन थालेको छ । सडक डिभिजन हेटौँडाले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर हेटौँडाको मुख्य बजार क्षेत्रका सडक दायाँबायाँका घर टहरालगायतका संरचना भत्काउन थालेको हो ।
निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरको स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन र सूचना प्रवाहलाई सहज तुल्याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एन्ड्रोइड स्मार्ट फोन हस्तान्तरण गरेको छ ।
गण्डकी प्रदेश सरकारको निर्णय अनुसार एकीकृत भएका जिल्लाका उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय एकीकरण भएर नयाँ ढङ्गले काम सुरु भएको छ ।
सूचना प्रविधिको यतिको विकास भए पनि राउटे समुदाय आफूलाई त्यसबाट टाढा राखेको छ । आफ्नो मौलिकता गुम्ने हो कि डरले उनीहरू मोबाइल जस्ता सञ्चार प्रविधि प्रयोगमा ल्याउँदैन ।