नेकपा एमालेको एघारौं महाधिवेशन आजबाट सुरु हुँदैछ । देशभरबाट एमालेका महाधिवेशन प्रतिनिधि राजधानीमा भेला भएका छन् । भेलाले नयाँ नेतृत्व चुन्ने छ । एमालेको राजनीतिक कार्यक्रम मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद हो । जनताले देशको राजनीति, राज्यसत्ता र सार्वजनिक तथा राजकीय मामिलामा अन्तिम एवं निर्णायक फैसला गर्न पाउनु पर्छ भन्ने बहुदलीय जनवादको मूल मर्म हो । देशको सार्वभौमिक
जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धाराको जगन्थान देवल कारागार कार्यालयबाट फरार भएका मिक्वाखोला गाउँपालिका–१ प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बू पक्राउ परेका हुन् ।
साविक राप्ती क्षेत्रकै पुरानो शिक्षण संस्था महेन्द्र बहुमुखी क्याम्पस दाङको जीर्ण भवन भत्काउन थालिएको छ । भवन जीर्ण भएपछि प्रक्रिया पूरा गरी भत्काउने कार्य सुरु गरिएको क्याम्पस प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
जलवायु परिवर्तनका कारक मुलुक वा महादेश यसबाट उत्पन्न सङ्कट जति ढाकछोप गर्न खोजे पनि पनि अब लुक्न नसक्ने अवस्थामा पुगेका छन् । सर्सर्ती हेर्दा जलवायुजन्य प्रकोप भनेको बाढी, पहिरो, डुबान मात्र हो भन्ने मानेर यसैलाई बढी प्रचारमा ल्याउँदा वास्तविक सङ्कट भने छायामा परिरह्यो । विश्व जलवायु परिवर्तनको खास सङ्कट हो तापक्रम वृद्धि र यसबाट भइरहेको मानवीय क्षति । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढि
गल्याङ नगरपालिका –१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा चेकजाँचमा प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
नेपाल आमाको गर्भलाई धन्यवाद नदिई रहन सकिन्न उनको उर्वर कोखबाट नारायणगोपाल जस्तो सुमधुर स्वरका धनी सुपुत्रको जन्म भयो । ती होनाहार पुत्रको जन्म विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । निधन भने २०४७
नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ ।
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको दैनिक सेवाप्रवाह बन्द भएको छ ।
बाबुछोराको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह ‘क्यानभास अफ लेटर्स’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यव्रmममा कवितासङ्ग्रहको विमोचन गरिएको हो । कवि महेशबाबु तिमल्सिना र उनका १४ वर्षीय छोरा सम्राटबाबु तिमल्सिनाको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मस्र्याङ्दी गाउँपालिकाको सभा हलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् । यो उहाँको तेस्रो एकल प्रदर्शनी हो । बुधबार र बिहीबार दुई दिनसम्म गरिने प्रदर्शनीमा राखिएका सबै चित्र मूर्त शैलीमा छन् । गाउँले परिवेश, संस्कृति र प्राकृतिक सुन्दरतामा देखिएका हिमाललाई मुख्य विषय बनाइएको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोलीले रङ्गशालाको निरीक्षणपछि पोखरा रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सङ्केत जनाएको छ ।