शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, मङसिर २७ गते । गल्याङ नगरपालिका –१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा चेकजाँचमा प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का २१ वर्षीय अरूण भन्ने बेदबहादुर परियार र अर्जुनचौपारी –३ का १९ वर्षीय रोशन भन्ने कुमार दमै रहेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।
दुई जनाबाट नाइट्राजेपाम १६ ट्याब्लेट, प्रोक्सीभोन प्लस वाकहाड्र्ट २८ क्याप्सुल र ५० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।
नियमित सवारीसाधन चेकजाँचका क्रममा बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १४४ नम्बरको बसमा सवार यात्रुहरूको झोलाजाँच गर्दा सो लागुऔषध फेला पारेको हो ।