• २७ मङ्सिर २०८२, शनिबार

कांग्रेस म्याग्दीले सिफारिस गर्‍यो उम्मेदवार सिफारिस

blog

कांग्रेस म्याग्दीका सभापति एवम् निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिरझ’ । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर २७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बेनीस्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको हो । 

प्रत्यक्षतर्फ म्याग्दीबाट जिल्ला सभापति समेत रहनुभएका निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ र उपसभापति कर्णबहादुर भण्डारी (केवी) नाम सिफारिस गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रतिनिधिसभा समानुपातिकतर्फ त्रिलोकचन्द (विश्वास) विश्कर्मा, पिपला बुढा, डिल बहादुर विश्वकर्मा र बागबिर दमाईको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्र बहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।