दाङको घोराही–तुलसीपुर सडकखण्डको सीमाभित्र पर्ने सडक खाली गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
जेनजी आन्दोलनपछि अवैध तथा गैर कानुनी गतिविधि रोक्न सक्रिय भएको प्रहरीले भारतबाट भन्सार राजस्व छलेर भित्र्याएको पाँच लाख रुपियाँभन्दा बढीको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका छन् । ‘सङ्घीय नमुना युवा संसद् अभ्यास तथा प्रशिक्षण कार्यक्रम’ मार्फत नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका हुन् । युवालाई संसदीय प्रक्रिया र नीति निर्माणबारे प्रत्यक्ष अनुभव दिन उक्त कार्यक्रमको आयोजना गरिएको नेपालगन्ज उपमहानगरपालिकास्तरीय युवा क्लब सञ्जालका सचिव सालिया हासमीले जानकारी दिनुभयो ।
पोखरा महानगरको वडा नम्बर २७ लेखनाथ जलन अस्पताल बन्ने भएको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानको खाली २८ रोपनीमा सय शय्याको अस्पताल बनाइने भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी आयोजना निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । शुक्रबार गोरखाको भीमसेन थापा गाउँपालिका–७ स्थित जागेश्वर माविको स्वर्ण महोत्सवमा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलालीमा उम्मेदवारका आकाङ्क्षी धेरै देखिएका छन् । उम्मेदवार टुङ्गो लगाउनका लागि सो पार्टीले आकाङ्क्षीको नाम माग गरेपछि पाँच वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि ३० जनाको नाम जिल्ला समितिमा पुगेको हो ।
यसवर्षको ‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ शुक्रबार चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
अत्यधिक चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीलाई वार्षिक परीक्षा खुला चौरमा घाममा बसेर दिनुपर्ने बाध्यता रहेको छ । हिमपात नहुँदै चिसो बढ्दा कक्षाकोठामा परीक्षा दिन सकिने अवस्था नभएपछि विद्यालयले यसरी चौरमा घाम तापेर परीक्षा दिने व्यवस्था गरेको हो ।
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको चौमासिकसम्म करिब तीन सय विकासे आयोजनाको ठेक्का व्यवस्थापन गरेको छ । चालु आवमा लगाउनुपर्ने कुल ५२६ वटा ठेक्कामध्ये पहिलो चौमासिक अवधिसम्म २९१ वटा आयोजनाको ठेक्काको व्यवस्थापन भएको हो । अझै २५३ वटा ठेक्का व्यवस्थापन गर्न बाँकी छ ।
बढ्दो वन विनास, अतिक्रमणका कारण नाङ्गिँदै गएका छेडागाडका सामुदायिक वन पछिल्लो समय हरियाली देखिन थालेका छन् । ‘माई फरेष्ट चाइल्ड’ परियोजनाले छेडागाडका १२ वटा सामुदायिक वनमा वृक्षारोपण गरेपछि हरियाली देखिन थालेका हुन् ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो पालिका भित्रका आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।