यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका एकसिङे गैँडालाई पानीको अभाव हुन थालेपछि भारततर्फ पस्ने क्रम बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता कोरिडोर हुँदै गैँडा भारत पस्न थालेका हुन् । नेपाल–भारत सीमाक्षेत्रमा पर्ने भारतीय कर्तनिया वन्यजन्तु आरक्षमा अहिले २० वटा गैँडा भएको पुष्टि भारतीय वन्यजन्तु आरक्षले गरेको छ भने नेपालतर्फको बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या घट्दै गएको देखिन्छ ।
दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा पुल निर्माणको ठेक्का लागेर म्याद सकिन करिब एक महिना मात्र बाँकी रहँदासमेत काम सुरु हुन सकेको छैन । विसं २०८२ पुसभित्र निर्माण सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको पुल अझै सुरु हुन नसकेको हो । घोराही र तुलसीपुर उपमहानगरपालिकाको सीमामा रहेको हापुरखोलामा १५० मिटर लम्बाइको चार लेन पुल निर्माणका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँमा शर्मा सगुन जेभी रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो ।
बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो ।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ ।
बैतडी जिल्लाका ग्रामीण भेगका महिला पाठेघर खसेको उपचार गर्न अझै शिविरलाई पर्खिने गरेको पाइएको छ । गाउँमा उपचार सेवा नहुनु, जिल्ला अपस्ताल टाढा हुनु र बदनाम हुने डरले रोग लुकाएर बस्ने समस्याले गर्दा ग्रामीण महिलाले शिविर पर्खिने गरेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।
सप्तरीको डाक्नेशरी नगरपालिकामामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ कविलासा घर भएका दिपेन चौधरीको दुई वर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
सवारी दुर्घटना श्रीमान गुमाएपछि घरबारविहीन बन्नुभएको बैतडीको सूर्नया गाउँपालिका–४ की जानकी महरालाई प्रशासन, स्थानीय सरकार र समाजसेवी संस्थाको संयुक्त पहलमा राहत सहयोग प्रदान गरिएको छ ।
गत भदौ २४ गते साँझ जेनजी समूहको आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका ३५७ मध्ये अझै ९८ कैदी फरार रहेका छन् । जसमध्ये लागुऔषधसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दी अत्यधिक रहेका छन् । कञ्चनपुर कारागारका अनुसार फरार रहेका कैदीबन्दीमध्ये ३२ कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेका छन् ।
सामान्यता यतिबेला कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भइसक्नुपर्ने हो । संसद्मा यसअघि नै दर्ता भएका विधेयकमाथिको छलफल र पारित तथा आवश्यक नयाँ ऐन निर्माणका काम धमाधम चल्नुपर्ने हो तर अघिल्लो अधिवेशन अन्त्य भएको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेश सभाको अर्को अधिवेशन आह्वान भएको छैन ।
बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत भीषण इको पहिरो दुई महिनाभित्र नियन्त्रण गरेर बस्ती संरक्षणका काम गर्ने सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो मुगुमा पछिल्लो एक हप्तादेखि ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्लो क्षेत्रका छ वडाका सर्वसाधारण धमाधम सदरमुकाम गमगढी र छिमेकी जिल्ला जुम्लाको बेँसी झर्न थालेका छन् ।
यहाँको सिमकोट गाउँपालिका–३ को लिमाटाङगाउँका घर घरमा धारा जडान भएका छन् । प्रत्येक घरमा नयाँ खानेपानीका धारा जडान गरिएपछि स्थानीयलाई सहज भएको हो ।
यहाँको सिमकोट गाउँपालिका–३ को लिमाटाङगाउँका घर घरमा धारा जडान भएका छन् । प्रत्येक घरमा नयाँ खानेपानीका धारा जडान गरिएपछि स्थानीयलाई सहज भएको हो ।