नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पुरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गर्नुभएको छ ।
एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको छोसेर क्षेत्रमा वन्यजन्तुको सुरक्षाका लागि गस्ती बढाइएको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरुप अघि बढेको बताउनुभएको छ ।
सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् ।
कञ्चनपुर कारागारबाट कैदी भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् ।
सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै आएकाले सप्तरीका किसानहरू मारमा परेका हुन् ।
लहान बजारमा स्थानीय तरकारी उत्पादन नभएका कारण भारतीय तरकारीको भरमा चलेको छ । भारतीय बजारबाट आउने तरकारीको सीमा क्षेत्रमा रहेको ठाडी बजारमा जाँच नहुँदा विषदीयुक्त तरकारी खान उपभोक्ताहरुलाई बाध्यता रहेका छन् ।
सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ ।
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विगत पाँच महिनादेखि अन्धकार बन्दै गएको छ । २०७८ साल फागुनमा कवाडी लघुजलविद्युत परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा बत्ती बालेको थियो ।