सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई १–० गोलले हरायो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक महिनाको अवधिमा झन्डै तीन हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै लिगको मिति घोषणा गरेको हो ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि तीन चरणको योजना अपनाउने वाचा गर्नु भएको छ ।
प्यालेस्टिनी विदेश मन्त्रालयले बुधबार विश्वभरका सबै देशलाई प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा यसको पूर्ण सदस्यतालाई समर्थन गर्न आग्रह गरेको छ ।
चर्चित लोकगायक झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
गत हप्ता पाकिस्तानी जेलबाट कुल एक सय ३१ जना अफगान कैदी रिहा भएका र सुरक्षित रूपमा अफगानिस्तान फर्केका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता र नेतृत्वले देख्नेगरी काम गरेमा पद र प्रतिनिधित्व सजिलै प्राप्त हुने बताउनुभएको छ ।
दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसक्नुभएका चिरञ्जीवी अधिकारी दशकपछि पुनः नयाँ म्यूजिक भिडियोसहित कमब्याक गर्नु भएको हो ।
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादकमा रमेश लम्साल नियुक्त हुनुभएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार डोनाल्ड ट्रम्पसँगको भेटमा अमेरिकी नेतालाई युरोपेली सङ्घ (इयु)मा सामेल हुन किएभको प्रयासमा हङ्गेरीलाई भिटो हटाउन दबाब दिन आग्रह गरेको बताउनुभयो ।
आर्थिक वर्ष २०८१–८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ ।
सोमालियाको विभाजित क्षेत्र सोमालिल्यान्डमा जन्मदेखि नै कैद गरिएका र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार बजारमा बेच्ने योजना गरिएका चितुवाका १० वटा बच्चाको उद्धार गरिएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समितिको आजको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो ।
प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।