गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २९ गते । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी छ । आज दिउँसो ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ ।
फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ । निर्वचन आयोगका एक सदस्यका अनुसार हालसम्म करिब १ हजार जनाले उम्मेद्वारी फारम लग्नुभएको छ । विभिन्न प्रदेशका प्रतिनिधिहरु आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यहरुका बारेमा छलफल गरिरहेका छन् । प्रदेशका प्रतिनिधिहरु छलफल गरेर सर्वसहमत नाम पठाउने तयारी गरिरहेका छन् । अधिकांश प्रतिनिधि उम्मेद्वार बन्न इच्छुक रहेकाले समस्या भएको बताएका छन् ।
मधेस, कर्णाली, सुदूरपश्चिम उपत्यका विशेष लगायतका प्रतिनिधिहरु छलफलमा व्यस्त छन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले १ देखि ३.३० सम्म समय दिएको छ । दुई पक्षबाट प्यानल बनाएर र स्वतन्त्र रुपमा पनि उम्मेदवारी पर्ने एमाले नेताहरुको भनाइ छ ।
