एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिनुभएको छ । ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम दिइएको छ।
प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु. एक लाखसहित एक जनालाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनपछि जिल्लामा नयाँ प्रहरी प्रमुख आएसँगै प्रहरीले बाँकेमा विभिन्न आपराधिक र गैरकानुनी कार्य रोक्न कडाई बढाउँदै लगेको छ।
मनाङको नासोँ गाउँपालिका–५ थोंचेमा नकुहिने फोहोर व्यवस्थापनका लागि फोहोर सङ्कलन केन्द्र निर्माण कार्य सम्पन्न भएको छ ।
मर्स्याङ्दी बचाउ अभियानले सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दीबेंसी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ ।
सप्तरीको सप्तकोशी नगरपालिकामा १६ औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ ।
बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।
“अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन मिलाउनुस् मन....’’, दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो ।
नेपाली कांग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताउनुभएको छ ।
मोरक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।
“मेरो सहारा ढल्यो, संसार ढलेजस्तै महसुस भइरहेको छ”, जेनजी आन्दोलनका क्रममा शहीद हुनुभएका अभिषेक चौलागाईका बाबु दिनेश चौलागाईले भारी मनले आफ्नो भावना पोख्नुभयो ।