समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालाबिच सहकार्यको आवश्यकता औँल्याइएको छ ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपियाँ मूल्य बढेको छ ।
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६ औँ सञ्चालक परिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानको अध्यक्ष सुशीला कार्कीले उदघाटन गर्नुभएको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रतिष्ठानको महत्वपूर्ण नीति, कार्यक्रमबारे निर्णय गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यो नागरिक स्तरबाट बनेको गैर–दलीय सरकार भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गर्नु भएको छ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।
सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ
नेपाल राष्ट्र बैङ्क र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बागलुङ नगरपालिकाले गण्डकी प्रदेशका ८५ स्थानीय तहको तथ्याङ्क समावेश गरिएको ‘न्यायिक समिति दर्पण’ प्रकाशित गरेको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ ।
गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।