गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका अटो रिक्साहरु आफूखुसी र मनपरी रुपमा चलेका छन् । अटो रिक्साको भाडादर पनि निर्धारण गरिएको छैन । जसले गर्दा अटो रिक्साको प्रयोग गर्ने सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।
संवैधानिक विवाद निरूपण गर्न गठन हुने संवैधानिक इजलास एक महिनादेखि अवरुद्ध छ ।
उर्जा सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खड्काले मधेश प्रदेशका किसानहरुलाई धानबालीमा विद्युतबाट सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति भइरहने बताउनुभएको छ ।
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हक सुनिश्चित गरिएको छ । धारा ५१ घ(७) मा कालाबजारी, एकाधिकार, कृत्रिम अभाव उत्पन्न गरी प्रतिस्पर्धा नियन्त्रण गर्न नहुने उल्लेख छ । उपभोक्ताको संवैधानिक हक संरक्षणका लागि मौलिक कानुन उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ कार्यान्वयनमा छन् । क्षेत्रगत कानुन पनि कार्यान्वयनमा छन् । संयुक्त बजार अनुगमन निर्देशिका अनुसार बजार अनुगमन पनि भइरहेको छ । सुशासन ऐन २०६४ ले नेपाल सरकारका प्रत्येक पदाधिकारीको अधिकारसमेत
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ । गाउँपालिका– ६ स्थित बभनगामा घर भएकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो ।
हास्य र ग्रामीण चरित्रका भूमिकाले चिनिएका कलाकार हुनुहुन्छ, विजय बराल । उहाँ सर्लाहीको लालबन्दीबाट कमेडी आर्टिस्ट बन्छु भनेर काठमाडौँ छिर्नुभएको थियो । चुनौतीपूर्ण चरित्रमा रमाउन सक्ने गम्भीर र मेहनती कलाकारको छवि बनाउनुभएका बराल ब्लकबस्टर च
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–७ स्थित तिलाको जङ्गलमा अरिङ्गालले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना बालबालिका घाइते भएका छन् ।
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा बुधबार आयोजना गरिएको प्रिमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भए ।
रौतहटको चन्द्रपुर नगरपालिकाले अभिलेखिकरणमा छुट भएका घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।
लघुकथा समाज, नेपालले लघुकथा दिवसका अवसरमा ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान– २०८२’ बाट लघुकथाकार विमल भौकाजीलाई सम्मान गरेको छ ।
पछिल्लो समय नेपाली युवालाई इजरायलमा कामका लागि पठाउने कि नपठाउने भन्ने विषयमा नेपाल सरकार दुबिधामा छ । विशेष गरी २०८० असोज २० गते इजरायलको दक्षिणी भूभागमा हमास लडाकुबाट आक्रमणपछि त्यहाँ सृजित युद्धरत अवस्थाका कारण नेपाल सरकार दुबिधामा परेको हो ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ ।
चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्ज र कोहलपुरमा अहिले कर्णालीका स्याउ बजारभर छन् । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादित अर्गानिक स्याउ स्थानीय बजारमा आउन थालेपछि भारत र चीनबाट आयात गरिने स्याउ हाल बजारबाट हराउन थालेका छन् ।
रोजगारीको खोजीमा विदेश जाने नेपाली श्रमिकको सङ्ख्या बढेका बेला उच्च पदको रोजगारीका लागि नेपालमा आउनेको सङ्ख्या घटेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या आर्थिक वर्षको २०८०/८१ को तुलनामा आवमा २०८१/८२ मा पाँच प्रतिशतले घटेको हो । यस्तो घट्ने क्रम विगत तीन वर्षदेखि नै निरन्तर छ ।