बजेट अभावमा रोकिएको रिग्दीखोलाको पुल चालु आर्थिक वर्षमा बन्ने भएको छ । पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने चितवनको शक्तिखोर–फिस्लिङ सडकखण्डको रिग्दीखोलामा पुल निर्माण नहँुदा यो सडक सञ्चालनमा कठिनाइ भएको थियो ।
अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ ।
जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो ।
रौतहटको चन्द्रपुर–२ का शान्ता सिंजाली मगरले समयमा मल नपाउनाले भएको खेतमा पनि राम्ररि खेती गर्न नसकेको गुनासो पोख्नुभयो । कहिले पानीको सङ्कट त कहिले मलको सङ्कट हुने गरेकाले जीविकोपार्जन गर्न धौँ धौँ परेको उहाँले बताउनुभयो ।
हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भन्डास विप्परकटेरी निवासी ५२ वर्षीय उर्मिला हायू साउन दोस्रो साता मध्यरातमा घर त्यागेर आफ्ना १६ जनाको परिवारसहित पोखरा पुग्नुभयो । उक्त ठाउँमा कहिल्यै नफर्किने गरी पोखरा पुगेकी उर्मिला पुख्र्यौली थलोमा सडक, शिक्षा, स्वास्थ्य, बिजुली ज
राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ ।
जिल्ला सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम हुँदै छ । २०२५ साल पहिले नै ट्र्याक खुलेको उक्त सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले धमाधम कालोपत्रे गर्दै छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गइरहेको छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरी माईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
निस्ति खोलाको पहिरेघाटमा पुल नहुँदा स्थानीयले बर्सौदेखि बर्सातमा ज्यान जोखिममा राखेर वारपार गर्न बाध्य छन् । इस्मा गाउँपालिका–४ दोहली तिम्लेखर्क र मालिकाको नेटाका स्थानीय यो घाट तरेर आउ–जाउ गर्छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
देशका ७७ जिल्लामध्ये सबैभन्दा पछि सडक सञ्जालमा जोडिएको जिल्ला हो हुम्ला । गत असार २२ गते मात्र देशको सडक सञ्जालमा हुम्ला जोडियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०५६ सालमा शिलान्यास भएको कर्णाली कोरिडोर बन्न धेरै समय लाग्यो । यो सडक हुम्ला पहिल्यै पुगे पनि खार्पुनाथ गाउँपा
सन् २०२३ अक्टोबर ७ । गाजापट्टीबाट प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले इजरायलमाथि सयौँ रकेट र ड्रोन आक्रमण गरेर युद्धको धावा बोलेको थियो । लगत्तै इजरायलले पनि हमासविरुद्ध आक्रमण सुरु ग¥यो । गाजापट्टीबाट त्यो दिन निस्किएको युद्धको तुँवालोले अहिलेसम्म पनि पूरै विश्व छेकिरहेको छ । यो खास एउटा देशको विद्रोही समूह अर्को सिङ्गो देशसँग लडिरहेको एउटा लामो युद्ध हो । यसको अन्त्यका कुनै सङ्केत नै अहिलेसम्म देखा परेका छैनन् । न त्यसको गन्तव्य दुवै पक्षलाई थाहा छ । एक
नेपालको आधुनिक आर्थिक यात्रा २००७ साल (सन् १९५१) को ऐतिहासिक राजनीतिक परिवर्तनसँगै सुरु भएको हो ।