पहाडी जिल्ला लमजुङका किसान कोदो रोपाइँमा व्यस्त छन् । धान रोपेर भ्याएपछि जिल्लाका किसान धमाधम कोदो रोपाइँ गर्न थालेका हुन् । दोर्दी गाउँपालिका–८ खिन्चोककी मैती घलेलाई पाखो बारीमा कोदो रोप्ने चटारो छ ।
भेरी अस्पतालकोे मेडिकल स्टोरमा गत वैशाखमा भएको आगलागीको घटनाबारे विस्तृत रुपमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई सिफारिस गरिएको छ ।
यहाँस्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक जना मेधावी विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले यस वर्ष चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गरिरहेका विद्यार्थीहरू छात्रवृत्ति प्रदान गरेको छ ।
पछिल्लो समयमा सरकारी अस्पतालप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । सेवाग्राहीका लागि सरकारी अस्पतालमा भने जस्तै सेवा सुविधा भएपछि त्यसप्रति विश्वास बढेको हो । नारायण नगरपालिका–११ का बलबहादुर मल्लले आफ्नी ३० वर्षीय बहिनी बालकुमारी शाहीको उपचार जिल्ला अस्पतालमै सफल रूपमा गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने व्यवस्थाअन्तर्गत हाललाई प्राप्त भएको डिएपी मलको नयाँ कोटा निर्धारण गरिएको छ । प्रदेश सरकारले करिब ११ हजार ४४ मेट्रिक टन डिएपी मल वितरण गर्ने कोटा परिमाण तोकेको हो ।
हुम्लाको चङ्खेली गाउँपालिका–५, टाँके नाकास्थित ङोन्मु तिङतिङमा नेपाल–चीन पक्षबिच उच्चस्तरीय वार्ता गरिएको छ । चीनको डोङ्पा सेनका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलबिच सम्पन्न वार्तामा सीमा क्षेत्रका बासिन्दाले भोगिरहेका समस्या, व्यापारिक अवरोध र विकासका सम्भावनाका
बालबालिकाहरु लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले तीन महिना अघिदेखि सुरु गरेको यो कार्यक्रममा आकर्षण बढेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ । बिहीबार बसेको सभाको बैठकमा सामाजिक विकासमन्त्री मेघराज खड्काले विधेयक टेबुल गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सञ्चालित गेटा अस्पताललाई तीन सय शय्याको बनाउन आवश्यक तयारी भइरहेको बताउनुभएको छ । प्रेस युनियन कैलालीले धनगढीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले गेटा स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको आयोजना भएको र त्यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको हो ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा रहेको १० मेगावाट क्षमताको मध्य सुपर दरौँदी जलविद्युत् आयोजनाको निर्माण विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ ।
बागलुङको गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा