राष्ट्रिय जनगणना २०७८ अनुसार रुकुमपश्चिमको कुल साक्षरतादर ७५.७४ प्रतिशत मात्र छ । यो समग्र मुलुकको शैक्षिक अवस्थाभन्दा कम हो ।
दाङको घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि मर्मत हुन सकेको छैन ।
सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ ।
। यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती आगामी पुस २ गते कतार पठाउने तयारी गरिएको छ । सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार
विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् ।
धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ ।
यहाँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।
जाजरकोटमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । बारेकोट गाउँपालिका८ लिम्सा बस्ने २९ वर्षीय राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको आधारको रूपमा रहेको वसन्तपुर–गुफा सडक खण्ड शिलान्यास भएको तीन दशक भएको छ ।
परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रभाव स्वरूप पश्चिम नवलपरासीको राजनीतिमा ध्रुवीकरण तीव्र भएको छ । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि जिल्लाको राजनीतिक सरगर्मी तातेको हो ।