बर्दियामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । पछिल्लो समयमा उपियाँ र किर्नाले टोकेर लाग्ने रोग स्क्रबटाइफस रोग हरेक वर्ष बढ्दै गएको हो ।
परम्परागत घरेलु सिपलाई अङ्गाल्दै आउनुभएका ५२ का तिलक कालिकाटे आफ्नो पेसाप्रति सन्तुष्ट हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने भएको छ ।
नेपालगन्ज-गुलरिया सडक खण्ड विस्तार कार्य अन्तिम चरणमा चलिरहँदा साँघुरा रहेका पुल पनि विस्तार गरिने भएको छ ।
गृह मन्त्रालयले उपसचिव, प्रमुख जिल्ला अधिकारी भएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अन्यको सरुवा गरेको छ । सरुवाकै क्रममा मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।
दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
राजविराज नगरपालिकाको बजार तथा सडकपेटीहरूमा दिनप्रतिदिन अतिक्रमण बढेपछि सर्वसाधारणले सास्ती भोग्नुपर्ने बाध्यता छ ।
नेपालमै पहिलो पटक तनहुँमा मादीनदी माथि निर्माणाधीन चारलेनको पुलको काम तीव्र रुपमा भइरहेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत चारलेनको पुल द्रुत निर्माण भइरहेको हो ।
उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया छोरी कृति साउँदको मृत्यु भएको हो ।
पर्यटकीय राजधानी पोखरा र पहाडकी रानी उपनाम चिनिएको तनहुँमा रहेको बन्दीपुरबीच एकअर्काको पर्यटन प्रवर्धनका लागि हातेमालो गरिएको छ ।
स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीमा अट्वारी पर्वको तयारी तीव्र पारिएको छ । सो पर्व थारु गाउँबस्तीमा यस वर्ष यही भदौ ८ गते धुमधामका साथ मनाइँदै छ ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् ।
जिल्लाको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।
भरतपुर महानगरपालिका–१३, बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् ।