तरकारी उत्पादक किसानले तरकारीबालीमा कलमी प्रविधिबाट तयार गरिएका बेर्ना लगाउन थालेका छन् । तरकारी खेतीमा माटो, रोग र किराबाट नोक्सानी बेहोर्दै आएका तरकारी किसानले कलमी बिरुवा लगाउन थालेका हुन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ ।
परैबाट देख्न सकिने इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंको सुन्तला बगान यतिबेला घुमौँ घुमौँ लाग्छ । सुधारिएको कृषि प्रणालीभित्र व्यावसायिक सुन्तला खेती, हेर्न, बुझ्न र अध्ययन गर्न दैनिक चापागाईंको बगानमा पुग्ने निकै हुन्छन् ।करिब साढे चार सय सुन्तलाको बोट रहेको यो बगानमा यो वर्ष सुन्तला पनि निकै राम्रो फलेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
स्थानीयले बन्द गराएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल–चीन नाका अन्तर्गतको सडक आइतबारदेखि खुलेको छ । यससँगै सो नाकाबाट भन्सार जाँचपासको काम सुरु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले संसद् र संसद् सचिवालयलाई आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यव्रmममा सभामुख घिमिरेले संसद् विघटनको कुनै सान्दर्भिकता पुष्टि नहुने र सर्वोच्च अदालतले समयमै न्याय निरूपण गर्ने विश्वास रहेको पनि बताउनुभयो । जेनजी आन्दोलनपछि गठित सरकारले सचिवालयका कर्मचारी दरबन्दी कटौतीलगायतमा संसद्का पदाधिकारीले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् ।
काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो । महानगरले स्रष्टा सम्मान भन्दै १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत गरिने उहाँले बताउनुभयो । अरू औपचारिक मन्तव्यसहित साङ्गीतिक प्रस्तुति रहने छ । महानगरले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।
जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो साता प्रकाशन गरेको तथ्यांकमा सो कुरा जनाइएको छ ।
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ।
नेपाली कांग्रेस ओखलढुङ्गाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।