नेपाल प्रहरी श्रीमती सङ्घले आज ४१औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल र वरिष्ठ कलाकार हरिवंश आचार्यसहितलाई सम्मान गरेको छ ।
दार्चुलामा एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुषलाई चेकजाँच गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।
ताप्लेजुङमा यस वर्ष करिब ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो । यहाँ जेठदेखि नै रोपाइँ सुरु
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
सदरमुकाम तम्घासको मुख्य बजारसँग जोडिएकै सडक वर्षसम्म अलपत्र हुँदा कल्पना गरौँ दूरदराजको अवस्था कस्तो होला ? अहिलेसम्म निर्माण व्यवसायीले कालोपत्रे सकेर चिल्लो सडकमा हिँड्डु पर्ने स्थानीयले हिलो र धुलोको सास्ती सदरमुकामकै छेउँमा भोगिरहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
कर्णाली नदीको पानीमा आश्रित जीवजन्तुको संरक्षणमा जोड दिन थालिएको छ । कैलालीको टीकापुरमा शक्रबार र शनिबार आयोजित गोष्ठीमा सरोकारवालाले जोखिममा रहेका जीवजन्तुको संरक्षणमा जोड दिएका छन् ।
बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आधारभूत अस्पताललाई ब्लड बैङ्क तथा अक्सिजन प्लान्टको अभाव हुने गरेको छ । यस अस्पतालमा यहाँका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लालगायतका बिरामी आउने गर्छन् । बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई ब्लड बैङ्क तथा अक्सिजन प्लान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुई सय वटा योजना पूरा गरेको छ । गत आवमा गरेका योजना र बजेटको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै नगरपालिकाले सो योजनामा ५५ करोड १६ लाख रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार ५६ करोड ५६ लाख रकम प्राप्त भएकोमा एक करोड १४ लाख रुपियाँ खर्च भएन । प्रतिशतका हिसाबले ९५ प्रतिशत बजेट खर्च भएको उहाँले बताउनुभयो ।
घोषणामा गौरवको आयोजना नामाकरण भएका छन् । काम भने कछुवा गतिमा हुँदा नागरिकले यात्रामा सधैंको सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरसहितका सडकको काम अझै सम्पन्न हुन सकेको छैन ।
नेपाली समाजमा सम्मानित चिकित्सक पेसाप्रति चिकित्सककै आकर्षण घट्दै गएको छ । चिकित्सक बन्न लामो अथक मेहनत र ठुलो लगानी खर्चिनु पर्छ । औसतमा उनीहरूलाई सरकारी र निजी अस्पतालमा सम्मानजनक सेवा, सुविधा र सुरक्षा छैन । चिकित्सकले आकर्षक तलब, सुविधा र
योजनाबद्ध विकासको सबैभन्दा बलियो र सङ्गठित मोडल सोभियत सङ्घबाट सुरु भएको मानिन्छ । सन् १९२८ मा सोभियत सङ्घले पहिलो पञ्चवर्षीय योजना लागु ग¥यो । यसको मुख्य उद्देश्य देशलाई तीव्र गतिमा औद्योगिकीकरण गर्नु र कृषि क्षेत्रलाई सामूहिकीकरण गर्नु थियो । यसैबाट प्रेरित भएर चीन, पूर्वी यु
लामो समय वर्षा नभएर खडेरीका कारण सुक्खा भएका धानबाली पानी परेपछि हरियो भएका छन् ।
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म दक्षिणमा रहेको इन्डियन प्लेट र उत्तरमा रहेको युरेसियन प्लेट एकआपसमा टकराएकाले यो सम्पूर्ण क्षेत्र भूकम्पका दृष्टिले संवेदनशील मानिन्छ । नेपालले यो जुधाइको क्षेत्रको एक तिहाइ लम्बाइ ओगट्ने भएकाले अन्य मुलुकको तुलनामा नेपाल भूकम्पीय दृष्टिले अझ बढी जोखिमयुक्त मानिएको हो । सबै जसो प्रकोप छोटो समय आउने भए पनि त्यसको असर भने लामो समयसम्म पर्ने हुन्छ । त्यसमा पनि भूकम्पको त केही सेकेन्ड वा मिनेट मात्रको धक्काले धेरै क्षति हुने गर्छ ।