उदयपुर जिल्लाको बेलका नगरपालिका वडा ३ स्थित नयाँ टोलको भित्री सडक खण्डको छेउमा वन टेष्ट ट्याकटरबाट खसेर एक युवकको मृत्यु भएपछि फरार भएका चालक विशाल पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी कारवाहिको माग गर्दै पीडित परिवारको अगुवाईमा स्थानीय वासिन्दाले रामपुरस्थित ईलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारका लागि आकस्मिक बैठक बोलाइएको हो । बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ ।
आइतबार दिउँसो मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो १२ बजेर ५४ मिनेट जाँदा मनाङको तोछी केन्द्र भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा सङ्ग्रहको लोकार्पण गर्नुभएको छ ।
स्याङ्जाको पुतलीबजार र अर्जुन चौपारीमा आगलागी हुँदा धनमाल जलेर क्षति भएको छ । विद्युत सर्टका कारण आगलागी भइ धनमाल जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताउनुभएको छ।
पोखरा महानगरपालिका–१७, पार्दीबाट देखिएको सेती नदी र अन्नपूर्ण हिमश्रृङ्खला ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ।
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।
नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ।
बेमौसमी तरकारी खेतीमा मिहिनेत र लगानी दुबै बढाउँदै लगेका किसानहरूले गत जेठको अन्तिम हप्तादेखि हालसम्म ३० करोड ५१ लाख २२ हजार ७२५ रुपियाँ बराबरको ७८ लाख ५९ हजार ९३६ किलो ताजा तरकारी र फलफुल विक्रि गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जानकारी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ ।