जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म सेवा प्रदान गर्न थालिएको छ । राष्ट्रिय परिचयपत्र र सीमा पास लिने सेवाग्राही बढी हुनु र इन्टरनेटले बेला बेला काम नगर्ने भएको कारण कार्यालयबाट प्रदान गरिने सेवा बिहानैबाट रातिसम्म प्रदान गर्न थालिएको हो । नाम्खा गाउँपालिका–५ को यारीगाउँकी तन्जिन लामाले ७ बजे जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिएको बताउनुभयो । अघिल्लो दिन कार्यालयमा आए पनि इन्टरनेटले काम नगरेको कारण कर्मचारीले बिहानै आउन जानकारी गरे अनुसार बिहानै आएर आफ्नो काम गर्न भ्याएको उहाँले बताउनुभयो ।
यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् ।
स्ट्रेचरमा बसेर हुम्लाको सदरमुकाम सिमकोट पुगे पनि ८२ वर्षीय धनसराको राष्ट्रिय परिचयपत्र बनेन । खार्पुनाथ गाउँपालिका–३ स्थित राया गाउँकी ८२ वर्षीय ज्येष्ठ नागरिक धनसरा बुढालाई उहाँको छोराले राष्ट्रिय परिचयपत्र बनाउन गाउँबाट सदरमुकाम सिमकोटसम्म स्ट्रेचरमा लग्नुभएको थियो तर आठ दिनसम्म त्यहाँ बसे पनि परिचयपत्र बनेको छैन । गत साउन २७ गते मङ्गलबार घरबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पु¥याएको उहाँका छोरा सत्या बुढाले बताउनुभयो ।
बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् ।
पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ ।
रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीमा सुरु भएको थारू अस्टिम्की लोकचित्रकला कार्यशाला सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले अस्टिम्की मौलिक लोककलाको उच्चतम नमुना भएको र आफ्नो पहिचान स्थापित गर्न समुदाय अग्रसर हुनुपर्ने बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो ।
नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गर्नुभएको हो ।
महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य हो । यहाँ बर्सेनि विद्यार्थी थपिँदै गएका छन्, तर पर्याप्त जग्गा अभावमा क्याम्पसले समस्या खेप्दै आएको छ ।
मधेश प्रदेशमा यस वर्ष पर्याप्त वर्षा नभए पनि तरकारीको मूल्य भने लगातार आकासिँदै गएको छ । साउन महिनायता हरिया तरकारीको भाउ दोब्बरले बढेको छ भने भदौ लागेसँगै मूल्य अझै चुलिएको छ ।
सङ्घीय शासनप्रणाली सुरु भएयता विकासमा फड्को मारेको रौतहटकै दुर्गम स्थान चन्द्रपुर नगरपालिका–३, गैँडाटारमा भने आधारभूत संरचना पनि सम्पन्न नहुँदा त्यस क्षेत्रका बासिन्दाको जीवनयापन निकै असहज बनेको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा निकै खुसी हुनुहुन्छ । यसअघि रसिदको भरमा जग्गा भोगचलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाणपुर्जा पाउँदा धेरै खुसी लागेको उहाँले सुनाउनुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताउनुभएको छ ।