चिसोको मौसममा रगतको माग बढ्ने र रक्तदान गर्नेको संख्या घट्ने हुँदा रगतको अभावलाई टार्नका लागि नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले रक्तदानका लागि विभिन्न संघ संस्थासँग आग्रह गरेको छ ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्णसिंह आङदेम्वेले ३६ वर्षीय नाति प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य सहभागिता हुनेगरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ ।
तस्करी गर्नका लागि चिरान गरेर लुकाइएको काठलाई वनकर्मीको टोलीले बरामद गरेको छ। कैलालीको चुरे गाउँपालिका–५ मौरी गाउँस्थित सिस्नुको झाङमुनि लुकाइ राखेको अवस्थाबाट काठ बरामद गरिएको हो।
कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा नेपाल कला संस्कृति उत्थान समाजले शनिबार नेपाल भाषाका लोककवि राजभाइ जकःमिलाई अभिनन्दन गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
मिडिया एडभोकेसी ग्रुप (म्याग)ले महिला राजनीतिक नेता र पत्रकारसँगको परामर्शको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ ।
नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ ।
सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा पुगेर आइतबार वार्षिक प्रतिवेदन पेस गर्नु भएको हो ।
मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा एपिएफले कराँची सिटीलाई १–० गोलले हरायो ।
नवलपुरको कावासोती-१६, डण्डामा रहेको अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ता बिरामी परेर एम्बुलेन्समा उपचार गर्न अस्पताल जानु परेमा लागेको सबै एम्बुलेन्स भाडा तिरिदिने भएको छ ।