जिल्लाको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।
भरतपुर महानगरपालिका–१३, बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ ।
लागुऔषध दुर्व्यसन नियन्त्रण र साइबर सुरक्षासम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम लिएर दाङ प्रहरीले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूसँग निरन्तर अन्तरक्रिया गर्दै आएको छ ।
डेंगुको बढ्दो जोखिमलाई रोकथाम गर्न सङ्खुुवासभामा लामखुट्टे नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम सुरू गरिएको छ । “घरभित्र वा वरिपरि जमेको पानी हटाऔँ, लामखुट्टेको लार्भा नष्ट गरौँ” भन्ने नारासहित बिहीबार खाँदबारीमा विशेष अभियान सञ्चालन गरिएको हो ।
भूमि आयोग मनाङले नासोँ गाउँपालिका–१, तालगाउँका ५८ अव्यवस्थित घरपरिवारलाई जग्गाको लालपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । भूमि आयोग मनाङका अध्यक्ष साङ्दो लामाले आयोगको प्रचलित नियमानुसार तालगाउँमा बसोबास गर्ने ५८ अव्यवस्थित घरपरिवारलाई जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा वितरण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो ।
गुणस्तरीय शिक्षा प्रदान गरी विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन तनहुँको एक सामुदायिक विद्यालयमा सबै जिम्मेवारी महिला शिक्षकलाई सुम्पिएको छ । भानु नगरपालिका–१२, कवाजितस्थित राष्ट्रिय आधारभूत विद्यालयको जिम्मेवारी महिलालाई मात्रै दिइएको हो ।
पर्यटकीय क्षेत्र ढोरपाटनमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पहिला ढोरपाटन उपत्यकामा मात्रै घुम्ने गरेका पर्यटक अहिले ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पुग्ने गरेका छन् । यहाँ आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या प्रत्येक वर्ष २५ प्रतिशतको दरले वृद्धि हुँदै गएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघिबढेको सिद्धबाबा सुरुङमार्गको काम ६० प्रतिशत सकिएको छ । छ महिनाअघि सुरुङ ‘ब्रेक थ्रु’ भएपछि इन्भर्ट र लाइनिङको काम धमाधम चलिरहेको छ । मुख्य सुरुङ र तीन वटा बाइपास ढोकामा इन्भर्टको काम सकिएको छ ।
कृषकलाई माग अनुसारको मल आपूर्ति गर्न कृषि सामग्री कम्पनि लिमिटेड लहानले तेस्रो पटक मल वितरणमा सरोकारवालाहरुलाई जिम्मेवार बनाएपछि मल वितरणमा सहजता आएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई लिएर दलबिच चुनावी सरगर्मी बढेको छ । २०७९ को आमनिर्वाचनमा विजयी बन्नुभएका राप्रपाका सांसद् दीपक बोहराको निधनपछि खाली भएको यस क्षेत्रमा दलहरूले उम्मेदवार छनोटदेखि प्रचारप्रसारसम्मको तयारीलाई तीव्र पारेका छन् ।
जिल्लाका अभिकांश सरकारी कार्यालयले वेबसाइट निर्माण गरे पनि ती अद्यावधिक छैनन् । कार्यालयमा सूचना अधिकारी दक्ष नहुनु र वेबसाइट अद्यावधिक कार्यलाई महत्व नदिएको कारण निर्माण गरिएको वेबसाइट जस्ताको तस्तै अवस्थामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो ।
आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
कानुनले बिहे २० वर्षपछि गर्नुपर्ने व्यवस्था गरेको भए पनि हिमाली जिल्ला हुम्लामा भने २० वर्ष नपुग्दै आमा बन्ने महिलाको सङ्ख्या बढ्दै गएको छ ।