बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
नेपालको संविधानले खुला, उदारवादी र समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । अर्थतन्त्रका तीन खम्बाका रूपमा सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई लिइएको छ । सहकारीको मूल्यमान्यता र सिद्धान्त भनेको न्यून आय एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सदस्यको आर्थिक उन्नयनलाई प्राथमिकता दिनु हो । यस्तो महत्वपूर्ण वित्तीय प्रणालीको खम्बा मानिएको
रौतहटको माधवनारायण नगरपालिकाले आइतबार आगलागीबाट पीडित एक परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराएको छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदै छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम १६५ सिटमा र समानुपातिक निर्वाचन प्रणालीबमोजिम ११० सिट गरी २७५ सिटमा निर्वाचन हुँदै छ । प्रतिनिधि सभामा रहने २७५ जनप्रतिनिधिलाई करिब एक करोड ९० लाख बालिग मतदाताले निर्वाचित गरी पठाउँदै छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय २०८२ मङ्सिर १ देखि १४ गतेसम्मका लागि निर्धारण गरेकोमा ११४ दलले निर्वाचनमा भाग लिने गरी दल दर्ता गराएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलका लागि २०८२ मङ्सिर २१ देखि २३ सम्म निवेदन माग गरिएकोमा १०० वटा दलले ९३ निर्वाचन चिह्नमा बन्दसूची पेस गर्ने गरी निवेदन दिएका छन् । प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द
ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ ।
नेपालको विकासका लागि पर्यापर्यटन प्रमुख आधार बन्न सक्छ । पर्यापर्यटन विकासका लागि ट्रेकिङ मार्गको अहम् भूमिका रहन्छ । पछिल्लो समय विकासको नाममा स्थापित ट्रेकिङ मार्गमा समेत गाडी सञ्चालन गर्ने क्रम बढ्दा पर्यटकको बसाइ तथा घुमाइमा प्रभाव परेको छ ।
हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमति प्रश्न हो, प्रशासकीय भवन कहिले बन्छ ?
साँचो शिक्षा भनेको मानिसको शरीर, मस्तिष्क र आत्माको समग्र विकास हो । आज धेरै मानिस औपचारिक रूपमा शिक्षित भए पनि मानवता, विवेक र जीवन दृष्टिकोणका आधारमा हुनुपर्ने जति ज्ञानी वा परिपक्व देखिँदैनन् ।
गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो ।
कपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
हिमालयन रिम चलचित्र प्रदर्शनी आइतबार सुरु भएको छ । प्रदर्शनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो । तीन दिन चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ राखिएको छ । प्रदर्शनी कार्यक्रम हिमालयन रिम फिल्म एक्जिभिसनले पहिलो पटक आयोजना गरेको हो ।
नेपाल भाषाका लोककवि राजभाइ जकःमिलाई नेपाः रत्नको उपाधिसहित सार्वजनिक अभिनन्दन गरिएको छ । नेपाल कला संस्कृति उत्थान समाजद्वारा कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा आयोजित सार्वजनिक अभिनन्दन समारोहमा लोककवि जकःमिलाई ध्वाकासी दाफा खलः लगायतका धिमे बाजा बजाएर नगरवासीको सहभागितामा कीर्तिपुर नगर परिक्रमा गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना पाएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
स्थानीय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला दुई लाख ५६ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँ बढेर दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।