शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी) मङ्सिर २९ गते । सप्तरीको डाक्नेशरी नगरपालिकामामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर १ कविलासा घर भएका दिपेन चौधरीको दुई वर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
आफ्नै घर पछाडी कलको पानी जम्मा भएको खाल्टोमा आइतबार डुबी घाइते भएका रियान्सलाई उपचारका लागी युके मेमोरियल अस्पताल पातो लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँले आवश्यक कानुनी प्रकिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।