आइतबार (आज) देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ ।
मानसिक अवस्था ठीक नहुँदा घर छाडेर हिँडेकी एक महिलाले बच्चा जन्माउनुभयो । बैतडीको मेलौली घर भएकी ती महिलालाई बच्चाको बाबु को हो थाहा छैन । ती महिलामा बलात्कार भएर गर्भ रही बच्चा जन्मेको शङ्का छ । स्वास्थ्य कार्यालय बैतडीको पहलमा ती महिला र बच्चाको उद्धार गरेर उपचार भइरहेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।
पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी रहेको बताउनुभयो । केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन पनि कार्यसूचीमा रहेको उहाँले बताउनुभयो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा पनि हुने बताउँदै उहाँले भन्नुभयो, “आगामी सङ्घ तथा प्रदेशको निर्वाचनका लागि तयारी र रणनीतिको पनि तय हुनेछ ।” २०७८ पुस १८ गते काठमाडौँमा सम्पन्न पार्टीको आठौँ महाधिवेशन २४६ सदस्यीय केन्द्रीय समिति चयन गरेर सम्पन्न भएको थियो । पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । अध्यक्षबाहेकका अन्य पदाधिकारी हालसम्म चयन हुन सकेको छैन ।
माग्ने समस्या नेपालमा मात्र सीमित छैन। संसारभर नै फैलिएको छ भन्दा हुन्छ । विशेषगरी दक्षिण एसियाली मूलका जस्ता देखिने माग्नेहरूबाट आजित भएर बेलायतका अझ विशेष गरेर लन्डन महानगरवरिपरि चल्ने रेलहरूमा माग्नेलाई पैसा तथा अन्य वस्तु दिएर प्रोत्साहित नगर्न यात्रुवर्गमा अनुरोध गरिएका सूचना रेलभरि नै टाँसिएका देख्न पाइन्छन् । रेल, बस तथा सडकमा यसरी माग्नेका जमात देखिनु सभ्य समाजका लागि पक्कै पनि शोभाको विषय होइन । यसबाट समष्टिमा समाजको प्रतिष्ठामा नै नकारात्मक छवि निर्माण पनि हुने आशङ्का बढी नै हुन्छ । अझ डरलाग्दो पक्ष त गिरोहहरूले अशक्त, बालबालिका, महिला आदिलाई प्रयोग गरेर आफ्नो व्यवसाय चलाइरहेको हुन्छ ।
गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकालगायत केही उपमहानगर, नगर र गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे । दलीय व्यवस्थाको कसिलो संरचनाले नेपाली समाजलाई नै राजनीतीकरण गरेको परिवेशमा सीमित स्वतन्त्र उम्मेदवारको विजय यात्रालाई बुझ्ने र व्याख्या गर्ने विषयमा गैरराजनीतिक जगत् बढी उत्साही भइरहेको छ भने परम्परागत राजनीतिक शक्ति भने केही हतप्रभ देखिएको छ । नेपाली समाजमा विगत ७५ वर्षदेखि जरा गाडेर ठडिएका पुराना दलमाथि राजनीतिक वृत्तमा बिल्कुलै नचिनिएका एक जना युवाले मुलुकको राजधानीमा बोलेको सनसनीपूर्ण धावाबाट पुराना दल हतप्रभ हुनु स्वाभाविक पनि छ ।
जुलाई २ मा विश्वभरका सहकारीले १०औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँछन् । विश्वलाई राम्रो ठाउँ बनाउन सहकारीको अनुपम योगदान देखाउने संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सहकारी वर्षको एक दशकपछि यस वर्षको नारा ‘सहकारीले राम्रो संसारको निर्माण गर्छन्’ चयन गरेको छ ।
प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् । २०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । किताब असरल्ल छन् । कतिपय पुस्तकलाई चिस्यानले भेटिसकेको छ । पुस्तकालयभित्रका पुस्तकको सुरक्षाका लागि वैज्ञानिक उपचार विधि अपनाइएको छैन । विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भन्नुभयो, “पुस्तकलाई कपुर र पङ्खाको हावाले सुरक्षा गरिएको छ ।” पुस्तकमा चिस्यान नहोस् भनेर दिनभरिजसो नै पङ्खा चलाउने गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबी भेटघाट भएको छ ।
नमराज सुवेदीनुवाकोट, असार १८ गते। नुवाकोटको विदुर नगरपालिका–३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ। सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिनुभयो। उनका अनुसार वडा नम्बर ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ। हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नम्बर गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो।
पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्तिले नै २०६२-०६३ को आन्दोलन सफल भएको बताउनु भएको छ ।
धरान उपमहानगरपालिकाले खानेपानीको समस्यालाई अल्पकालीन रुपमा समाधान गर्न पकुवा खोलामा खानेपानीको दुईवटा ट्याङ्की निर्माण गरेको छ ।
नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार शनिबार च्याम्पियन बन्नुभएको छ । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्नुभएको हो । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बन्नुभएको थियो । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।