• १३ असोज २०८१, आइतबार

हेभिवेटमा नुवाकोटे टाइगर च्याम्पियन

blog

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियन नुवाकोटे टाइगर । तस्बिर :राखेप

काठमाडौं, असार १८ गते । नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार शनिबार च्याम्पियन बन्नुभएको छ । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्नुभएको हो । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बन्नुभएको थियो । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

झापाको केरखास्थित शहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेविडले सफलता पाउनुभयो । डेविडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराउनुभयो । यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, बैशाखी र लाठी समेत प्रयोग गरिएको थियो । डेविडले १ लाख रुपियाँ पुरस्कार पाउनुभयो । ७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउदै ७५ हजार रुपियाँ पुरस्कार हात पारेको छ । 


मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जितेको छ । महिलामा आकृतिले तनुलाई पाखा लगाउदै सफलता हात पार्नुभयो । तनुले ७० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । लाइट वेटमा सुजल रिलामीले सीजे वल्र्डलाई पाखा लगाउनुभयो । सुजलले ६० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

विजेतालाई नेकपा एमाले प्रदेश १ कमिटीका इन्चार्ज देवराज घिमिरे, पूर्व मन्त्री अग्नी खरेल, संघीय सांसद् एलपी सावाँ लिम्बू, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।