जेनजी आन्दोलनपछि गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन अर्जुनदृष्टि लगाएर काम गरिरहेको छ । परिवर्तित राजनीतिक सन्दर्भमा निर्वाचन गराउने मुख्य दायित्व पाएको सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा उठेका मुद्दालाई सम्बोधन गर्दै देशलाई निर्वाचनतर्फ लैजान दृढ सङ्कल्पित भएर काम अगाडि बढाएको हो ।
नेपाली राजनीतिलाई नवीन रूपान्तरण र अग्रगामी दिशा प्रदान गर्ने राजनीतिज्ञलाई संसद्मा पुर्याएको काठमाडौँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे बहस आरम्भ भएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै सर्वोच्च अदालत र सङ्घीय संसद् भएको काठमाडौँ क्षेत्र नं. १ मा उम्मेदवारका मुद्दालाई केन्द्रमा राखेर विमर्श थालनी भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारमा होमिएका राजनीतिक दलहरू घोषणापत्र निर्माणको गृहकार्यमा पनि द्रुततर गतिमा जुटेका छन् । राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै स्थिरता, सुशासन, समुन्नति र देशका नवयुवा पुस्ताका आकाङ्क्षा सम्बोधन गर्ने गरी दलहरू घोषणापत्रको तयारीमा जुटेका हुन् ।
काठमाडौँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गरेर चुनावी मैदानमा होमिएका छन् ।
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिने निर्णय गरेको छ । दोस्रो विशेष महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति पहिलो बैठकले शुक्रबार प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नेपालको संविधान, २०७२ जारी भएपछि सम्पन्न आवधिक निर्वाचनमा गठबन्धन र तालमेल गर्दै आएका प्रमुख राजनीतिक दलको वास्तविक शक्ति परीक्षण यस पटक हुने भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने र अधिकांश नयाँ राजनीतिक दलले गठबन्धन नगरी निर्वाचनमा होमिएका कारण फागुन २१ गतेको निर्वाचनमा सबै दलको साङ्गठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता प्रदान
नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको के
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजनापछि उत्पन्न परिस्थितिको निकासका लागि सघन विमर्श भएको छ । पुस २७ गतेदेखि जारी कांग्रेसको विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि सकिएकाले विघटन गर्ने र १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित नहुँदासम्मका लागि केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने कार्यविधि पारित गरेपछि नयाँ समझदारीका लागि शृङ्खलाबद्ध संवाद अगाडि बढाइएको हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव र साङ्गठनिक प्रतिवेदन पेस गरिएको छ । महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक सुधारसहितको प्रतिवेदन सोमबार पेस गर्नुभएको हो ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ (५६.१२ प्रतिशत) प्रतिनिधि सहभागी भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको हो ।
धेरैलाई थाहा नहुन सक्छ तर सरकारी निकायले नै आधुनिक, सुविधासम्पन्न र सहुलियत मूल्यमा आवास योजना निर्माण गरी नागरिकलाई सुम्पिने भएको छ । आधुनिक बस्ती विस्तारको योजना अनुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडले जनताका लागि सहुलियतको मूल्य र किस्ताबन्दीमा घर बनाएर हस्तान्तरण गर्ने भएको हो ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि २०८३ जेठ मसान्तसम्म थप्दै पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको सबै तह र निकायका पदाधिकारी तथा सदस्यको पदावधि थप्ने निर्णय बहुमतबाट पारित भएको हो । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मङ्सिरमा सम्पन्न भएको थियो ।
सभ्यता, विकास, धार्मिक एवं सांस्कृतिक पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको बागमती नदीका किनारको सौन्दर्यीकरणमार्फत आकर्षक र हराभरा बनाइएको छ । समुदायसँग सहकार्य गरेर बागमती किनारका खाली जमिन सदुपयोग गरेर उपयोगमा ल्याउँदा काठमाडौँ र ललितपुरका कैयौँ नागरिक लाभान्वित भएका छन् ।
बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग आरम्भ गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा फालिएका तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास ब्यारियर राखेको हो ।