स्थानीय तहसँग समन्वय गरी ‘मृतक मतदाता’लगायतका त्रुटि सच्याउन सुझाव निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीमा मृतक मतदाताको सङ्ख्या भयावह रहेको पाइएपछि राजनीतिक दलहरूले त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख राजनीतिक दलहरूले मतदाता नामावली अद्यावधिक गर्न र नामावली सङ्कलनमा हुन सक्ने त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पटक–पटक विवादित हुँदै आएकोे नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा फेरि नयाँ विवाद सिर्जना भएको छ । नेता घनश्याम भुसालमाथि एमालेको केन्द्रीय अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि पार्टीभित्र नयाँ विवाद आरम्भ भएको हो ।
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि मुलुकको ध्यान प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतर्फ केन्द्रित भएको छ । सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म गठबन्धनलाई अझ प्रभावकारी बनाउन जुट्नुभएको छ ।
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग
काठमाडौँ बूढानीलकण्ठ–१२ स्थित सुकुम्बासी वस्ती (आनन्दटोल)का ६३ वर्षीय मङ्गल कोइराला (विश्वकर्मा)का आँखा अहिले पनि रसाइरहेका छन् । उहाँकी श्रीमती धनमाया विश्वकर्मा पनि नातिलाई सम्झिँदै भक्कानिनुहुन्छ ।