राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । निडर र कुशल न्यायमूर्तिका रूपमा चर्चित नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो ।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनलाई सुरक्षित अवतरण गरी राष्ट्रको निकासका लागि बृहत् संवाद गरिरहनुभएको छ ।
जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रूपेशजङ्ग थापामगरका अनुसार भदौ २४ गते प्रधानमन्त्री पदबाट ओलीले दिनुभएको राजीनामा स्वीकृत भएको हो ।
एक दशकअघिसम्म भक्तपुरको सूर्यविनायक नगरपालिकाका फाँटमा दसैँअघि धान गोड्न व्यस्त हुन्थे स्थानीयवासी । वडा नं. ४ र ५ स्थित दधिकोट, कटुन्जेदेखि बालकोटसम्मका फाँटमा मानोको मुरी फल्ने खेत थिए ।
राजनीतिक, आर्थिक र सुरक्षाका मुद्दामा सक्रिय साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा नेपालको उपस्थित गौरवपूर्ण रह्यो ।
नेपाल र समाजवादी गणतन्त्र भियतनामबिच सामाजिक, सांस्कृतिक एवं आर्थिक विकासको नवीनतम आधारशिला निर्माण गर्ने समझदारी भएको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा भियतनामका उपराष्ट्रपति भो थी आन सुआनको नेपाल भ्रमणले दुई देशबिच बलियो सहकार्यको आधार निर्माण गरेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । उपराष्ट्रपति यादव र तीनदिने औपचारिक भ्रमणमा आउनुभएकी भियतनामका उपराष्ट्रपति सुआनबिच आइतबार सम्पन्न प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको हो ।
नेपालको पहिलो र दक्षिण एसियाकै दोस्रो जलविद्युत् परियोजना फर्पिङ जलविद्युत् केन्द्र २०७२ सालको महाभूकम्पपछि सञ्चालन भएको छैन । नेपालको जलविद्युत् परियोजना विकासको प्रस्थानविन्दु फर्पिङ जलविद्युत् केन्द्रमा रहेका विद्युत् उत्पादन उपकरणमा पनि खिया लाग्न थालेको छ ।
२०८१ असोज १० देखि १२ गतेसम्मको भीषण वर्षा र बाढीको प्रताडना काठमाडौँ, भक्तपुर र ललितपुरवासीका लागि विस्मृतिमा गइसकेको छ । काठमाडौँ उपत्यकाको जलप्रणालीको प्रमुख स्रोत बागमती नदीसहित सहायक खोला किनार आसपासका बासिन्दाले पनि बाढी र डुबानको कुरै भुलिसकेका छन् ।
नेपाल भ्रमणमा आउने पर्यटक काठमाडौँ उत्रिएको दिन र फर्किने दिन उपत्यकाको प्राचीन मौलिक कला र सांस्कृतिक सम्पदा हेरेर बिताउँछन् । फर्किनुअघि उनीहरू एक रात ठमेल, दरबारमार्गसहित काठमाडौँका रात्रि मनोरञ्जन ‘स्पट’ मा रमाइलो गर्छन् ।
बिरामी परीक्षणका लागि गुहार लगाइरहेका छन् । चिकित्सक र नर्सहरू आकस्मिक कक्षमा आएका बिरामी व्यवस्थापनसँगै स्वास्थ्य परीक्षणमा व्यस्त छन् । अस्पताल व्यवस्थापनमा खटिएका कर्मचारी बेला बेला आउँछन्, एकैछिनमा हराउँछन् ।
पछिल्लो १० वर्षमा सिंहदरबार वैद्यखाना विकास समिति इतिहासकै खराब मोडमा गुज्रियो । एक करोड रुपियाँको टेन्डर गर्दा ठेकेदारले २० लाख रुपियाँभन्दा कमको जडीबुटी आपूर्ति गर्ने गरेको निकट इतिहास थियो ।
समाजमा विभेद र अन्याय भइरहेको छ भने त्यसको प्रतिरोध गर्नुहोस् । विरोध गर्न सङ्गठित हुनुस् र अन्यायलाई परास्त गरी समाज परिवर्तन गर्नुस् । यसरी नै समाज र देश बदलिएका छन् । आधुनिक समाज निर्माण भएको छ : कार्ल माक्स ।
नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको आज स्मृति दिवस । पूर्वप्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै कांग्रेसले आज देशैभरि उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न कार्यक्रम आयोजना गर्दै छ ।