पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको छ ।
वर्षभरिका अविच्छिन्न सङ्घर्षपूर्ण दैनिकीलाई थाती राखेर जीवनपथलाई नवीन आशा र ऊर्जाका साथ अघि बढाउने सङ्कल्प गर्ने माध्यम हुन् हाम्रा सबै चाडपर्व । दसैँतिहार, छठसहित सबै पर्वले समयानुकूल पृथक् मौलिक विशेषता भित्र्याएका हुन्छन्
असोज ११ र १२ गतेसहित वर्षायाममा भीषण वर्षा हुँदा पनि कपनमा गत वर्षजस्तो बाढीले विध्वंस मच्चाएन । अघिल्ला वर्षमा सडक नै खहरे खोलामा परिणत हुने सरस्वतीनगर पनि बाढीको समस्यामा परेन ।
काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानको परिस्थितिलाई दृष्टिगत गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुसार पुनर्निर्माणको कार्य तीव्र बनाउने घोषणा गर्नुभएको छ ।
सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।
बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकारले दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने कि नदिने निक्र्योल भएको छैन ।
केही दिनयता वर्षा नहुँदा काठमाडौँ उपत्यकासहित तराई–मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको एक दशक पुग्दै छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको प्रताडना झन् विकराल हुँदै गएको छ ।
नेपाली कांग्रेसले आवधिक निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एकल बहुमत ल्याउने गरी प्रतिस्पर्धामा उत्रिने सामर्थ्य निर्माण गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २३ गते सुरु भई आइतबार सम्पन्न बैठकले २०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको निर्वाचनपूर्व गठबन्धन वा तालमेल नगर्ने प्रस्ताव पारित गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्तावलाई महासमितिको बैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिको बैठकमा परिमार्जनसहित प्रस्तुत गरिएको थियो ।
भारतीय नागरिक सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा खस्यो । शुक्रबार बिहान ११:१५ मा खसेपछि बसको पछाडि रहेका अरू गाडीका यात्रुले प्रहरीलाई खबर गरे । प्रत्यक्षदर्शी सुब्बा लामाका अनुसार १५ मिनेटमै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेका थिए । त्यसको केहीछिनमै आबुखैरेनीस्थित स्थानीय स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली पुग्यो । उहाँले भन्नुभयो, “बस दुर्घटनामा प्रहरी, एम्बुलेन्स र स्वास्थ्यकर्मीले एकैसाथ उद्धार र स्वास्थ्योपचार थाल्नुभयो ।”
साहित्यकार मनीषा गौचनले मङ्गलबार भएको एक सडक दुर्घटनामा परेका दुई जनाको उपचारका लागि आकस्मिक सेवा पाउन भोगेको पीडा सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । उहाँले पोखराबाट मुस्ताङ जाँदा म्याग्दीमा पहिरोबाट खसेको ढुङ्गाले दुई यात्रु घाइते भएको तर प्रहरी र एम्बुलेन्सको सहयोग कतैबाट नपाएको गुनासो गर्नुभयो । उहाँले आफ्नै पहलमा बोलेरो भाडामा लिई घाइते दुईको उपचार गराएको स्मरण गर्नुभयो । प्रहरी आएको तर कपी र कलम लिएर विवरण मात्र टिपेको उहाँको गुनासो छ । अर्को दुर्घटनामा हुम्लाको
सुर्खेतको सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ गते निधन भएको छ । संविधान सभा सदस्य रीता शाहीका अनुसार सोही दुर्घटनामा हुम्लाकै ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसी घाइते हुनुभएको छ । आर्थिक वर्ष २०८१/८२ लागेपछि निर्वाचित जनप्रतिनिधिको दुर्घटनामा निधन भएको यो पहिलो घटना हो । आर्थिक वर्ष र जनप्रतिनिधिको मात्र कुरा होइन । भदौ १ देखि ४ गतेसम्ममा देशभरि भएका सडक दुर्घटनामा १४ जना सर्वसाधारणको मृत्यु भएको छ । सोही अवधिमा ७१ जना गम्भीर घाइते र ३०६ जना सामान्य घाइते भएका छन् ।