पर्यटकको पर्खाइमा झरना
धनकुटाको महालक्ष्मी नगरपालिका–२ र ३ मा सुन्दर झरना रहेका छन् । प्रचार–प्रसार अभावका कारण पर्यटकको नजरमा नपरेका यी झरना मनमोहक छन् ।
च्छो–रोल्पाको मनोरम दृश्य
दोलखा जिल्ला गौरिशंकर संरक्षण क्षेत्र अन्तर्गत रोलवालिङ उपत्यकामा ४५८० मिटरको उचाईमा रहेको च्छो रोल्पा हिमतालको मनोरम दृश्य ।
कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकलाई स्याउ
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रवेशस्थल फले र घुन्सामा फलेको स्याउ पर्यटकलाई चखाउन थालिएको छ।
क्रस कन्ट्री दौडमा चिनिया धावक विजयी
पर्यटन राजधानी पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअलमा चिनिया खेलाडी र क्रम कन्ट्री टिम इभेन्टमा नेपाली धावकले बर्चश्व बनाएका छन् ।
घोडा चढेर रारामा पुग्दै पर्यटक
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल रारा तालमा आउने पर्यटकहरू विशेष रूपमा घोडचढीमा आकर्षित हुने गरेका छन् ।
भारतीय पर्यटक घटे अमेरिकी बढे
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन सङ्ख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् ।
सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्
पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् ।
हवाई भाडावृद्धि नियन्त्रणमा मन्त्री पाण्डेको अग्रसरता
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाउनुभएको छ ।
हिमाल हेर्दै घरबासमा रमाउँदै विदशी पर्यटक
पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् ।
पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल
पर्यटक भित्रिने मुख्य सिजनमै ३० प्रतिशत हवाई उडान कटौती हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ ।
ढुङ्गे मूर्ति बगैँचा बनाएर बेवास्ता
धार्मिक तथा सामारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको माडीको सोमेश्वर गढीमा निर्माण गरिएका ढुङ्गाका मूर्तिहरू संरक्षण र सरसफाइका अभावमा जीर्ण बन्दै गएका छन् ।
प्लेन चार्टड गरी चिनिया खेलाडी पोखरामा
शनिबार पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन चार्टड विमानमार्फत् एक सय ३४ सदस्यीय चिनिया टोली बिहीबार दिउँसो पोखरा आइपुगेको छ ।
पर्यटकले लगाए भाइटीका
नेपाली संस्कृति संरक्षणसँगै पर्यटन उद्योगको प्रवर्धन गर्ने उद्देश्यले पोखरामा आयोजना गरिएको भाइटीका महोत्सवमा १२ देशका ५९ पर्यटकले नेपाली दिदीबहिनीका हातबाट भाइटिका लगाएका छन् ।
जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा
जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले औँल्याएका छन् ।
घुमघामको याम : यी हुन् गण्डकीका गन्तव्य
यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ ।
थाइ एअरले थाल्यो भैरहवा–बैंकक उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो ।
हिमालको काखमा लोभलाग्दो चियाबारी
अचेल चाडपर्व सो कि बिदाका दिन पोखरा आसपासका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ ।
स्यार्पूतालमा सञ्चालित डुङ्गा बन्द
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङ्गाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ ।
फुङ्फुङे झरना पर्यटन मेला हुने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङे झरना पर्यटन मेला आयोजना गरिने भएको छ ।
आहा फाप्लु विमानस्थल
सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिक रहेको फाप्लु विमानस्थल । नुम्बुर हिमालको काखमा अवस्थित यस विमानस्थल दुई हजार चार सय १३ मिटरको उचाइमा रहेको छ ।
बाह्रकुने दहलाई पर्यटन सर्किटसँग जोड्ने तयारी
लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुग्नु भएको हो ।
आन्तरिक पर्यटकको रोजाइँमा रेसुङ्गा पार्क
दसैँ–तिहारको बिदाको समयमा रेसुङ्गा पार्क घुम्न जानेको सङ्ख्यामा वृद्धि भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङगाको गर्जुरामा निर्माण भएको पार्कमा बिदाको समयमा बालबालिकासहित घुम्न जानेहरुको प्रमुख स्थल बन्ने गरेको छ ।
‘तिलिचो पुग्दा चाडपर्व बिर्सन्छन् पर्यटक’
शरद् ऋतुमा चक्रीय अन्नपूर्ण क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने उत्तम समय हो । दसैँ सकिएको र तिहार आउनै लागेको बेला धेरैको रोजाइमा उत्कृष्ट गन्तव्यका रूपमा मनाङलाई लिने गरेको छ ।
घोडा चढेर मुक्तिनाथ पुग्दै पर्यटक
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेपछि पर्यटकलाई घोडा चढ्ने रहर हुन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने रानीपौवादेखि मुक्तिनाथ मन्दिर पुग्न करिब २० मिनेट जति हिँड्नुपर्छ ।