तीन महिनामा दुई हजार पर्यटकले गरे फोक्सुण्डो भ्रमण
फोक्सुण्डो तालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ । सडक यातायातको पहुँचसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
भरतपुर भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने तयारी
चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने गरी काम अगाडि वढाएको जानकारी दिएको छ ।
आजदेखि प्रथम गुल्मी महोत्सव सुरु
गुल्मी उद्योग सङ्घले उपल्लो तम्घास खालाका चौरमा आयोजना गर्न लागेको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधवारदेखि सुरु हुँदै छ । यो महोत्सव कात्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
देवचुली डाँडामा पर्यटन सप्ताह
पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिनुभयो ।
घोडाघोडीमा पर्यटक बढेसँगै रोजगारी सिर्जना (फोटो फिचर)
जैविक विविधताले महत्त्वपूर्ण रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा हिजोआज पर्यटकको चहलपहल बढेको छ ।
लुम्बिनीबाट गुटेरेसले गर्नुभयो विश्व शान्तिको कामना
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले लुम्बिनी आएर संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि विश्व शान्तिको कामना गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि बोल्दै गुटेरसले सो कामना गर्नुभएको हो ।
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ
तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पु¥यायो ।
हिमाल र हिमनदी जोगाउनैपर्छ: महासचिव गुटेरेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले नेपाल जस्ता देशहरूले औद्योगिक र धनी राष्ट्रहरूको क्रियाकलापको असर भोग्नुपरेको औँल्याउनुभएको छ । उहाँले जलवायु परिवर्तनमा कुनै भूमिका नहुने देशका बासिन्दा भोग्नुपरेका सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग जरुरी हुने औँल्याउनुभयो ।
अन्नपूर्ण आधार शिविर पुगेर फर्कनुभयो गुटेरेस
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्नुभएको छ । उहाँले आधार शिविरबाट जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराउनु भएको छ ।