पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
मुस्ताङमा पर्यटकको खर्च झन्डै दुई अर्ब
मुस्ताङ जिल्लामा भ्रमण गर्ने पर्यटकले कात्तिकमा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् ।
गोरखामा ऐतिहासिक पर्यटन व्यवसायी भेला हुने
गोरखामा ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ हुने भएको छ । गोरखा नगरपालिका गोरखाले, गोरखामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरे लगत्तै नेपाल होटेल सङ्घ गोरखाले ऐतिहासिक पर्यटन व्यवसायी भेला आयाेजाना गर्न लागेकाे हो ।
पर्यटन सर्किटमा बाह्र जिल्ला जोडिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका सम्पदालाई पर्यटन सर्किटमार्फत जोड्ने बताउनुभएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा
लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अर्चना कार्कीको पदयात्रा रोकिएन ।
जातीय संस्कृति संरक्षण गर्न गण्डकी प्रदेश महोत्सव
नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा डडेलधुराको कस्याडाँडा
अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढे
तुलसिपुर उपमहानगरपालिका वडा –७ मा रहेको गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढेका छन् । मङ्सिर महिना सुरु भएसँगै पर्यटक बढेका हुन् । उद्यानको व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार शनिबार मात्र पाँच हजार बढी पर्यटकले अवलोकन गरेका छन् । पार्कमा संरचना थपेसँगै पर्यटकहरु बढेका हुन् ।
अन्नपूर्ण आरोहण मार्ग र आधार शिविरमा सरसफाइ
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र आरोहण मार्गमा स्थानीय युवाहरूले सरसफाइ गरेका छन् । दसैँ तिहारका समयमा पर्यटक आगमनमा वृद्धि भएसँगै पदमार्ग र आधार शिविरमा फोहोर बढेको थियो ।
पर्यटकको रोजाइमा भीमसेन पार्क
गोरखा नगरपालिका–४ फिनामस्थित पिपलथोकमा रहेको नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको नाममा रहेको भिमसेन पार्क आन्तिरिक तथा बाह्रय पर्यटकको प्रमुख रोजाइमा परेको छ ।
एक करोड लगानीको पार्क बेवारिसे
म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एक करोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय मौसममा समेत पार्क सुनसान छ ।
अन्नपूर्ण पदमार्गमा चर्को आवाजमा सङ्गीत बजाउन बन्देज
चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकहरूले अब आफ्नो पदयात्रा गर्ने क्रममा सावधानी अपनाउनुपर्ने भएको छ ।
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिराहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ । मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ ।
तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण
म्याग्दीको बेनी नगरपालिका –४ सिंङ्गा तातोपानी कुण्डको पोखरीमा मङ्गलबार स्नान गर्दै सर्वसाधारण । ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्छन् । चिसो बढेसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेको चाप बढेको छ ।
रूप फेर्ने रुपाताल: लोभ्याउँदै पर्यटक
‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ ...’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।
पर्यटक आकर्षित गर्ने योजना
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ ।
कञ्चनजङ्घामा बढे पर्यटक
ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ ।
पर्यटकको पर्खाइमा झरना
धनकुटाको महालक्ष्मी नगरपालिका–२ र ३ मा सुन्दर झरना रहेका छन् । प्रचार–प्रसार अभावका कारण पर्यटकको नजरमा नपरेका यी झरना मनमोहक छन् ।
च्छो–रोल्पाको मनोरम दृश्य
दोलखा जिल्ला गौरिशंकर संरक्षण क्षेत्र अन्तर्गत रोलवालिङ उपत्यकामा ४५८० मिटरको उचाईमा रहेको च्छो रोल्पा हिमतालको मनोरम दृश्य ।
कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकलाई स्याउ
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रवेशस्थल फले र घुन्सामा फलेको स्याउ पर्यटकलाई चखाउन थालिएको छ।
क्रस कन्ट्री दौडमा चिनिया धावक विजयी
पर्यटन राजधानी पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअलमा चिनिया खेलाडी र क्रम कन्ट्री टिम इभेन्टमा नेपाली धावकले बर्चश्व बनाएका छन् ।
घोडा चढेर रारामा पुग्दै पर्यटक
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल रारा तालमा आउने पर्यटकहरू विशेष रूपमा घोडचढीमा आकर्षित हुने गरेका छन् ।
भारतीय पर्यटक घटे अमेरिकी बढे
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन सङ्ख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् ।