• ५ मंसिर २०८१, बुधबार

पर्यटकको पर्खाइमा झरना

blog

लेगुवा झरनाको पहिलो छाँगो । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, कात्तिक २५ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–२ र ३ मा सुन्दर झरना रहेका छन् । प्रचार–प्रसार अभावका कारण पर्यटकको नजरमा नपरेका यी झरना मनमोहक छन् । 

करिब एक किलोमिटर आसपास सुन्दर तीन वटा झरना रहेका छन्  । वडा २ र ३ सिमानामा रहेको लेगुवा खोलामा पचासदेखि १०० मिटर अग्ला तीन वटा छाँगा रहेका छन् । प्रशस्त पानी भएकाले निकै सुन्दर रहेको छ । त्यस्तै, लेगुवा झरनानजिक वडा नम्बर ३ तर्फ पथ्थरको बिचबाट दुई झरना झरेका छन् । 

करिब दुईसय मिटर अग्लो धोबीखोला झरना छ । जो पथ्थरमा ठोकिँदै झर्दा जोकोहीलाई मोहित पार्छ । त्यस्तै, सोही झरनानजिक अर्को एकसय मिटरभन्दा अग्लो झाँक्री झरना छ । पथ्थरको बिचबाट निस्किएको पानीले सबैलाई मोहित पार्छ । 

झरनाले जोकोहीलाई सहजै मोहित झरना हेर्न पुगेको धनकुटा नगरपालिका ४ का विपिन दाहालले बताउनुभयो । झरना कोशी राजमार्गको चित्रे वसन्तपुर खण्डको दारेगौडाबाट लेगुवातर्फको सडक हुँदै करिब २० किलोमिटर यात्रापछि पुग्न सकिन्छ । त्यस्तै, लेगुवा बाट भने सोही सडक हुँदै करिब १५ किलोमिटर यात्रापछि गुन्न सकिने वडा २ का वडाध्यक्ष पदम रखाल मगरले बताउनुभयो । 


पूर्वाधार निर्माणको काम पूर्ण नभइसकेको तथा प्रचार प्रसार अभावका कारण झरना ओझेलमा परेको उहाँको भनाइ छ । यता पालिका अध्यक्ष झरनालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । अहिले झरना नियाल्न झोलुङ्गे पुल निर्माण गरिएको छ, त्यस्तै पहुँचमार्ग विश्रामालय आदि निर्माण गरिएको छ ।