कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने एक पक्राउ
झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् ।
लोकसेवा परीक्षामा भनसुन चल्दैन : पूर्व अध्यक्ष मैनाली
लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले लोकसेवा परीक्षामा कुनै किसिमको पक्षपात, विभेद र कसैमाथि अन्याय नहुने हुनाले जेहेन्दारले अवसर पाउनेगरेको बताउनुभएको छ । ‘लोकसेवामा पनि भनसुन हुन्छ कि ! भन्ने आशंका छ भने त्यो आशंका आजैबाट हटाइदिनुस्’ उहाँले आग्रह गर्नुभयो ।
न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । बिहीबार फुङ्लिङ बजारको अनुगमन गर्दै अनुगमन टोलीले व्यापार व्यवसाय गर्दा व्यावसायिक मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको हो ।
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ ।
गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
विशेष महाधिवेशनलाई लिएर लमजुङ कांग्रेसमा ध्रुवीकरण
नेपाली कांग्रेसका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । विशेष महाधिवेशनलाई लिएर जिल्लामा ध्रुवीकरण देखिएको छ ।
भेरी अस्पतालमा प्रसूति सेवामा चाप, उपचारमा समस्या
बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समेत समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
स्याङ्जामा दुई हजार निर्वाचन प्रहरी भर्ना हुने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
भारत जाने खेलाडीको बिदाइ
भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो ।
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिकाका ९३ भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जग्गा धनी प्रमाणपत्र रातो पुर्जा वितरण गरिएको हो ।
चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे
सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।
दमौली–केशवटार जोड्ने सडक कालोपत्र
जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो ।
दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा अवरोध
म्याग्दीमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
चार लेन सडकको ७१ प्रतिशत काम सम्पन्न
पूर्व–पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डको पश्चिमी भाग कुशहा–कमलासम्म चार लेन सडक निर्माणको ७१ प्रतिशत काम सम्पन्न भएको छ ।
रहरले तरकारी खेतीमा रमाएका मोतीलाल
लामो समय वैदेशिक रोजगारीमा बिताएर ४० वर्षको उमेरमा देश फर्किनु भएका वाखेतका मोतीलाल रोकाले तरकारी खेती गर्न थालेको पनि २० वर्ष भयो ।
माघे सङ्क्रान्ति लक्षित देवघाटको झोलुङ्गे पुल मर्मत सुरु
प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदीमाथिको पुल मर्मत सम्भार गर्ने कार्य धमाधम भइरहेको छ ।
बागमती किनारमा तरुल खन्ने चटारो
सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलाहारको रुपमा खाइने तरुल खन्ने चटारो छ ।
सडक दुर्घटनामा दुईको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ ।
घुम्ती–चिसापानी सडक कालोपत्रे
सडक कालोपत्रे गर्नुपर्ने समय नाघेको एक वर्र्षपश्चात् घुम्ती–चिसापानी सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । सडकको काउले–सालडाँडाखण्ड अन्तर्गत झन्डै आठ किलोमिटर कालोपत्रे गर्ने कामले पछिल्लो समय तीव्रता पाएको हो ।
बाँकेमा पाँच लाखभन्दा बढी बिरुवा वितरण
पछिल्ला वर्षमा बाँकेका निजी जग्गामा बिरुवा रोप्ने क्रम बढ्दै गएको छ । निजि जग्गासँगै सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा समेत बिरुवा रोप्ने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
सामुदायिक कुकुर व्यवस्थापनमा समस्या
गुल्मीको सदरमुकाम तम्घासमा सामुदायिक कुकुर व्यवस्थापन गर्न सकस भएको छ । सडकचोक नै ढाक्ने कुकुर व्यवस्थापन हुन नसक्दा सवारीचालक तथा विद्यालय जाने विद्यार्थीलाई त्रास पैदा भएको गुनासो गर्दै आएका छन् ।
सुरक्षित आवासले जगायो आशा
दाङको राजपुर गाउँपालिका–२, बेलाकी कैलाशपति चौधरीका पति गुरुप्रसाद चौधरी गाउँकै चिनिएका घर बनाउने मिस्त्रीका गुरु हुनुहुन्थ्यो । जीवनभर अरूका घर बनाउँदै बिताउनुभएका गुरुप्रसादले आफ्नै परिवारका लागि भने राम्रो घर बनाउन सक्नुभएको थिएन ।
मुस्ताङमा तीन सय १२ जना निर्वाचन प्रहरी भर्ना गरिने
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि मुस्ताङ जिल्लामा तीन सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचनामा जिल्लामा तीन सय १२ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।