त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
निर्माण उद्योगमा आपतकाल घोषणा गरी अविलम्ब राहत दिन माग
मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन सामग्रीमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै निर्माण व्यवसायी संघ रौतहटले नेपाल सरकारसहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण
प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गर्नुभएको छ ।
मुस्ताङका किसानलाई मौरीसहितको घार वितरण
यहाँका किसानलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितको घार वितरण गरिएको छ । घरपझोङ गाउँपालिकाले पाँचवटै वडाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको हो।
प्रधानमन्त्री शाहद्वारा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल
प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्नुहुनेहुने सांसदहरूसँग छलफल गर्नुभएको छ ।
धान आयात घटाउन चैते धान खेतीमा प्रोत्साहन
छिमेकी मुलुक भारतबाट हुँदै आएको चामल र चिउराको आयातलाई न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा चैते धानखेती प्रवर्धन कार्यक्रमलाई तीव्रता दिइएको छ ।
बढ्दो महिला हिंसा, सुस्त न्यायको गुनासो
महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका घटनाको तुलनामा कानुनी कारबाही र न्याय प्राप्तिको प्रक्रिया सुस्त देखिएको भन्दै त्यस क्षेत्रमा क्रियाशील सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
विनोद र आशिफको कीर्तिमानी शतक
विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र एपिएफ क्लबका आशिफ शेखले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शतकको कीर्तिमान बनाउनुभएको छ ।
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अस्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक एक महिलाले सेनाको नेतृत्व सम्हाल्ने भएकी छन् । सरकारले यसलाई ‘गहिरो ऐतिहासिक क्षण’ भन्दै औपचारिक घोषणा गरेसँगै देशको रक्षा संरचनामा नयाँ अध्याय सुरु भएको छ ।
खानेपानीमन्त्री पाठकद्वारा जलस्रोत कार्यालयको निरीक्षण
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले ताप्लेजुङस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको छ ।
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा नाटोबाट अपेक्षित सहयोग नपाएको भन्दै गठबन्धनप्रति गहिरो असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले अमेरिकाले वर्षौदेखि ठूलो आर्थिक र सुरक्षा भार बोकेको दाबी गर्दै अहिलेको व्यवहारले आफूलाई निराश बनाएको बताउनुभयो ।
प्रशासकीय अधिकृत आचार्य र आरके कन्स्ट्रक्सन सञ्चालक कार्कीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर.के. कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको छ ।
लुम्बिनी राष्ट्रिय रोड रेस हुने
दाङको घोराहीमा ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ हुने भएको छ ।
युवाको सक्रियतामा घोडाघोडी मन्दिरमा रेलिङ
जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा थुप्रै विकास निर्माणका काम भएका छन् ।
जलजलामा उद्यम प्रवर्धन मेला
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा उद्यम प्रवर्धन मेलाको आयोजना गरिएको छ ।
जैमिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मेलन
स्थानीय तहमा न्याय सम्पादन र मेलमिलापलाई सहज बनाउने लक्ष्यसहित दक्षिण बागलुङको जैमिनी नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मेलन सम्पन्न भएको छ ।
प्रिमियर लिगमा रजत विजेता एरिका स्वदेश फिर्ता
चीनमा सम्पन्न कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल नेपालकी कराते स्टार एरिका गुरुङ सोमबार स्वदेश फर्किनुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ ।
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या परेको हो । आर्थिक अभावका कारण निवृत्त भएका कर्मचारीले उपदान पाउन सकेका छैनन् ।
बिस्केट जात्राको जीवन्तता
भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात् बिस्केट जात्रा मनाउने गर्दछन् ।
उपलब्धि र चुनौतीसँगै अघि बढ्यो कोशी सरकार
कोशी प्रदेश सरकारले २०८२ सालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बताउनुभएको छ ।
अम्बे-कोशी सहकारीका २८७ बचतकर्ताको रकम फिर्ता गर्दै कोशी प्रदेश
कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।
इरानमा १६०० बढीलाई मृत्युदण्ड
इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ ।
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
अमेरिका र इरानबिचको तनाव नयाँ उचाइमा पुगेको छ । वार्ता असफल भएसँगै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने सङ्केत देखिएको छ, जसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।