ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते, हेलिकोप्टरद्वारा उद्धार
जाजरकोटमा ग्यास सिलिण्डरबाट सल्केको आगोमा परी गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्।
जनताले सरकारी अस्पतालमा सेवा पाउँदा राहत महसुस गर्नुपर्छः स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन गर्नुभएको छ ।
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।
प्रदेशस्तरीय भोदी खेलको उपाधि गण्डकीलाई
थारू समुदायको चर्चित 'भोदी' खेल प्रतियोगिताको उपाधि महिला र पुरुष दुवैतर्फ आयोजक गण्डकी प्रदेशले जितेको छ ।
देश कस्तो बन्ने भन्ने कुरा शिक्षामा भर पर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले देशमा कस्तो नागरिक तयार हुँदै छ भन्ने कुरा शिक्षाको गुणस्तरमा भर पर्ने बताउनुभएको छ ।
अनिता खरेलको उपन्यास ‘आदिरा’ विमोचन
मण्डला थिएटरमा आयोजित एक विशेष समारोहका बिच अनिता खरेलको उपन्यास ‘आदिरा’ सार्वजनिक गरिएको छ ।
चखौरामा तीन दिने रैथाने खाना महोत्सव हुने
दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा नयाँ वर्ष २०८३ को अवसरमा वैशाख ४ देखि ६ गतेसम्म ‘रैथाने खाना महोत्सव’ आयोजना हुने भएको छ। थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको अगुवाइमा महोत्सव सञ्चालन हुन लागेको हो।
एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न राप्रपा असन्तुष्ट पक्षको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट पक्षले एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन् ।
खजुरा गोल्डकपको तयारी पूरा
बाँकेको खजुरा गाउँपालिका-४, डी गाउँमा सोमबारदेखि सुरु हुने एन्टि एरिना प्रथम खजुरा गोल्डकपको तयारी पूरा भएको छ । आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरी गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
रुपैडिहा–बहराइच रेलमार्ग सञ्चालनको तयारी : उच्चस्तरीय टोलीद्वारा निरीक्षण
यहाँस्थित नेपाल–भारत सीमावर्ती रुपैडिहा–बहराइच–गोन्डा रेलमार्गमा केही दिनभित्रै रेल सञ्चालन हुने सम्भावना बढेको छ ।
हुलाकी राजमार्ग : दुर्घटनाको जोखिम
कैलालीमा हुलाकी राजमार्ग दुर्घटनाको ‘हटस्पट’ बनेको छ। ग्रामीण क्षेत्रलाई विभिन्न सदरमुकाम र व्यापारिक केन्द्रसँग जोडेको यो सडकमा महिनैपिच्छे दुर्घटनामा मान्छेले ज्यान गुमाइरहेका छन् ।
छैटौं मेयर कप ब्याडमिन्टनमा आन्द्रियास प्रथम
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय छैटौं मेयर कप ब्याडमिन्टन प्रतियोगितामा आन्द्रियास लिम्बू प्रथम हुनुभएको छ।
बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ बाल अदालतबाटै गर्ने सरकारको तयारी
सरकारले बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ बाल अदालतबाटै गर्ने प्रस्ताव गरेको छ ।
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान अन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ ।
पोखरामा सुरु भयो नव वर्ष महोत्सव
पर्यटन राजधानी पोखराको लेकसाइडमा आइतबारबाट फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।
शसस्त्र प्रहरीद्धारा एकैदिन ३१ लाख रुपियाँको अवैध सामान बरामद
देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ ।
रातो मच्छिन्द्रनाथको रथ निर्माण (फोटो फिचर)
नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख ८ गते बाट सुरु हुँदैछ ।
प्रदेशका मन्त्री मन्सुरीद्वारा कार्यालय निरीक्षण
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले ताप्लेजुङको भ्रमण गर्नुभएको छ ।
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ ।
इन्धनजन्य सामग्रीको मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा
इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
दक्षिणकालीमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु
दक्षिणकाली नगरपालिकामा सवारी दुर्घटना हुँदा ३४ वर्षीय चालक सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
बैतडीमा २१ लाखभन्दा बढीका सामान बरामद
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुबिनायक क्षेत्रबाट सशस्त्र प्रहरीले २१ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध किराना सामान नियन्त्रणमा लिएको छ ।
प्रदूषित पानीका कारण गैँडा मर्न थालेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
नवलपुरका विभिन्न क्षेत्रमा दूषित पानीका कारण दुर्लभ एकसिंगे गैँडा लगायतका वन्यजन्तु धमाधम मृत भेटिन थालेपछि स्थानीयले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन् ।