विश्व पुस्तक दिवसमा जिल्ला प्रहरी कार्यालयका लागि पुस्तक हस्तान्तरण
विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा बिहीबार सम्पूर्ण किताब नारायणगढले जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तक हस्तान्तरण गरेको छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ । यो निर्णयसँगै सो जग्गा अब प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रयोग गर्ने भएको छ ।
गुल्मीमा राहदानी घरदैलोमै वितरण हुने
गुल्मीमा राहदानी घरमै पुर्याउन जिल्ला प्रशासन र हुलाक बिच सम्झौता भएको छ।
आइजिपी कार्कीद्वारा नयाँ बसपार्क ट्राफिक प्रहरी भवन उद्घाटन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनर्निर्मित कार्यालय भवन बिहीबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि उहाँले भवनको अवलोकन पनि गर्नुभयो।
प्रिमियर लिग : सिटी शीर्षस्थानमा
म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई १-० गोलले हरायो ।
धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।
बर्दियाका दुई नगरपालिकामा भर्ना अभियान सुरु
बर्दियाका दुई नगरपालिकाले विद्यार्थी भर्ना अभियान सुरु गरेका छन्। ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले सङ्घीय सरकारले तोकेको समयभन्दा अघि नै भर्ना अभियान थालेका हुन्।
भत्काइएका घरटहराका सामग्री हटाउन सुरु
सडक डिभिजन कार्यालय हेटौंडाले आइतबारदेखि वीरगन्जको गण्डकदेखि सीमावर्ती मितेरी पुलसम्म अतिक्रमण गरी मुख्य सडकको दायाँ–बायाँ २५ मिटर क्षेत्रभित्र बनेका घरटहरा भत्काएपछि सडक पेटीमा थुपारिएका सामग्री हटाउन सुरु गरिएको छ।
उपाधि दौडमा बार्सिलोना बलियो
शीर्ष टोली बार्सिलोनाले घरेलु मैदानमा बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई १-० गोलले हरायो ।
लेबनानमा इजरायली आक्रमण, पत्रकारसहित पाँचको मृत्यु
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरेअनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।
१३औँ रारा गोल्डकप यसै महिना
१३औँ संस्करणको रारा रनिङ्ग गोल्डकप फूटबल प्रतियोगिता यही वैशाख १८ देखि २२ गतेसम्म हुने भएको छ ।
दस घण्टे स्विप अप्रेसनमा १२२ जनालाई कारबाही
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे ‘स्विप अप्रेसन’ मा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । लागु औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने, टोले गुण्डागर्दी र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त अप्रेशन सञ्चालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।
अवरुद्ध शल्यक्रिया सेवा १० दिनपछि सुचारु
जिल्ला अस्पताल सल्यानमा बन्द रहेको शल्यक्रिया सेवा करिब १० दिनपछि पुनः सञ्चालनमा आएको छ। विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेदेखि रोकिएको सेवा मंगलबारबाट सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले सूचना जारी गर्दै जानकारी गराएको हो ।
तम्घास बजारमा फोहोर फाल्ने र ढलमा मिसाउनेमाथि कारबाही सुरु
रेसुङ्गा नगरपालिकाले तम्घास बजारको सौन्दर्यीकरण र सरसफाइका लागि नागरिकलाई जवाफदेही बनाउने अभियान सुरु गरेको छ।
महतोको ‘वाणीको उडान’ विमोचन
बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोद्वारा लिखित ‘वाणीको उडान’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
हिमामा पाठेघर क्यान्सर परीक्षण शिविर, १७१ जनाको जाँच
हिमामा गाउँपालिकाले महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविर सम्पन्न गरेको छ। शिविरमा १७१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको हो।
काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षा भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ ।
श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै प्रदर्शन
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दाङले नेपाल पत्रकार महासंघ दाङ शाखाको मुल गेटमा कालो ब्यानर प्रदर्शन गरेको छ।
अपाङ्गता भएकाको प्रश्नः विपदमा हामी कसरी बच्ने?
२०८० कात्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रुकुम–पश्चिममा ठुलो जनधनको क्षति पुर्यायो। भूकम्पमा परी १५४ जनाले ज्यान गुमाए भने ३७२ जना घाइते भए। विद्यालय, स्वास्थ्य चौकीसहित सयौँ निजी घर भत्किएका छन्।
‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’
कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबिच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम हुने भएकाले यसमा ध्यान दिन अनुरोध गरेका हुन् ।
विचार कहाँबाट आउँछ ?
विश्वका महान् वैज्ञानिक निकोला टेस्ला ८५ वर्षको भएपछि विज्ञानको संसारमा उनको अपूर्व योगदानको कदर गर्दै एक अभिनन्दन समारोह आयोजना गरिएको थियो । त्यो समारोहमा एक जना पत्रकारले टेस्लासँग यति धेरै आविष्कार कसरी गर्नुभयो, अनि यस्ता विचार कसरी र कहाँबाट आए भन्ने प्रश्न सोधे । त्यसको जवाफमा टेस्लाले जे भने त्यो धेरै ध्यान दिनुपर्र्नेे खालको छ । उनले भने, “म कुनै बुद्धिमान व्यक्ति होइन । मलाई त कहिलेकाहीँ मानिसले भनेका साधारण कुरा बुझ्न पनि समस्या हुन्छ । मेरा सबै आविष्कार मेरो दिमागमा उठेका विचारको देन हुन् तर ती विचारको दिमाग र बुद्धिमत्तासँग कुनै सम्बन्ध छैन । किनकि ती विचार दिमागमा पक्कै आउँछन् तर तिनलाई दिमागले उत्पन्न गरेको होइन । विचार त ब्रह्माण्डमा उत्पन्न हुने गर्दछ । तपाईंको सोचाइ र बुद्धिसँग यसको कुनै सम्बन्ध छैन
बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ ।
सुनचाँदीको मूल्य आज पनि घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २० कायम भएको छ ।
पर्यटकको अभाव भएपछि वनकरिया बस्तीको ‘होमस्टे’ बन्द
लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरी, वनकवरिया समुदायको आर्थिक उत्थान र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको होमस्टे पर्यटकको अभावमा बन्द भएको हो ।