संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजदेखि लागु हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गर्नुभएको हो ।
भारतीय दूतावासद्वारा बडिगाडको विद्यालयलाई बस सहयोग
भारतीय दूतावासले पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको एक सामुदायिक विद्यालयलाई स्कुल बस सहयोग गरेको छ ।
अमेरिकी सांसद एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ
अमेरिकी सांसदले कुख्यात करोडपति यौन सिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न बाध्य पार्ने विधेयक एपस्टेन फाइल ट्रान्सपरेन्सी एक्ट अगाडि बढाउने तयारी गरेका छन् ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बढेर दुई हजार ५६६ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।
पत्रकार सुरेश रजककी श्रीमतीलाई सुरक्षण मुद्रणमा रोजगारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमति सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो।
कोलम्बियामा सैनिक कारबाहीका बिच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु
कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् ।
विघटित प्रतिनिधिसभाका एमाले सदस्यको बैठक
विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध सदस्यको बैठक सुरु भएको छ।
सियोल-अमेरिका पनडुब्बी सम्झौताले ‘आणविक डोमिनो’ सुरु हुने उत्तर कोरियाको दाबी
उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबिच आणविक-सञ्चालित पनडुब्बी निर्माण सम्बन्धी नयाँ सम्झौताप्रति कडा आपत्ति जनाउँदै उक्त समझदारीले क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा सन्तुलनमा ‘आणविक डोमिनो’ प्रभाव उत्पन्न गर्ने दाबी गरेको छ ।
ट्रम्पद्वारा मदुरोसँग संवादको तयारी, मेक्सिकोभित्र अमेरिकी कारबाही ‘ठीक’ हुने अभिव्यक्ति
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताउँदै क्यारेबियन क्षेत्रमा वासिङ्टनको तीव्र सैन्य गतिविधिले उत्पन्न भइरहेको तनावका बिच आफूले उचित समयमा वार्ता खोज्ने सङ्केत दिनुभएको छ ।
एनपिएल : चितवनको विजयी सुरुवात
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो ।
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताको भेट
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटमा उहाँहरूबिच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिनुभयो ।
बारी जोत्दै किसान
मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोममा गोरुको सहायतामा खेतबारी जोत्दै किसान ।
पाँच वटा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिने
कर्णाली प्रदेश सरकारले तुइन पूर्णरूपमा मुक्त गर्ने योजनालाई सफल बनाउन पाँच ठाउँका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।
अर्जुनधाराका किसानलाई मकै रोप्ने मेसिन वितरण
अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्य किसानलाई मकै रोप्ने मेसिन वितरण गरेको छ ।
वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा
युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि, काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको कडा निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताउनु भएको छ ।
प्यालेस्टाइनद्वारा संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि आह्वान
प्यालेस्टाइनले गाजा पट्टीका लागि अमेरिकाले तयार पारी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वीकृत गरेको प्रस्तावलाई स्वागत गरेको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णायक कदम : ट्रम्पको गाजा योजना पारित, अन्तर्राष्ट्रिय बललाई अनुमति
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने व्यवस्थालाई समर्थन गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको छ । परिषद्ले १३-० मतले प्रस्ताव अनुमोदन गरेको हो ।
बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ।
सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम
ज्ञानीसँग हाम्रा नानी’ यो गुल्मीको रेसुङ्गा नगरपालिका–८, सिद्धबाबा माविको रचनात्मक कार्यक्रम हो ।
हिमपात र शीत लहरबाट बच्न गृहले थाल्यो पूर्व तयारी
सरकारले जाडो मौसमका लागि हिमाली र उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीत लहरलाई लक्षित गरी दुई छुट्टै राष्ट्रिय कार्य योजना–२०८२ को मस्यौदालाई अन्तिम रूप दिएको छ।
सवारी साधन नहुँदा लमजुङ प्रहरीलाई सास्ती
सवारी साधन अभावका कारण जिल्ला प्रहरी कार्यालय लमजुङलाई दैनिक कार्यसम्पादनमा समस्या भएको छ ।
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा
प्रत्येक बिहान १७ वर्षीया रमाती मङ्गला झर्ना गाउँबाट धेरै किलोमिटर टाढासम्म नाङ्गो खुट्टा हिँड्दै पानी ल्याउन स्टिलको भाँडो लिएर प्रस्थान गर्नुहुन्छ । जब उहाँ घर फर्कनुहुन्छ, तबसम्म विद्यालय सुरु भएर सकिनै लागेको हुन्छ ।
सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताउनुभएको छ ।