हराए सरकारी निकायका डाटा
लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो। डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुने/नहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको बताइएको छ।
डाटा सुरक्षामा कानुनी अड्चन
अहिले नेपालमा डाटा सुरक्षा र कानुनी अड्चनका बारेमा दिनहुँजसो चिया गफ हुने गर्छ । साथै स्कुल, कलेज र सरकारी कार्यालयमा पनि यसैको चर्चा छ । अबको बहुमूल्य सम्पत्ति भनेकै डाटा हो भन्ने कुरा विश्वले स्वीकार गरिसकेको छ र त्यसतर्फ उनीहरूले ठूलो मात्रामा लगानीसमेत बढाइसकेका छन् । नेपालमा सरकार र निजी क्षेत्रबाट डाटा सङ्कलन र भण्डारणको कार्य तीव्र रूपमा भइरहेको छ ।
मुगुमा धार्मिक मेला सुरु
मुगुमा गुरादेव, बिजयगुरादेव लगायतका धार्मिक मेलाहरू सोमबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।