गोरखामा जन्ती बोकेको जिप दुर्घटना: पाँच जनाको मृत्यु
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
डेङ्गुको उच्च जोखिममा बागमती
गत वर्षझैँ यो वर्ष पनि बागमती प्रदेश डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ। यो वर्षको मनसुन सुरु भइसकेकाले अधिक वर्षा हुनुपूर्व नै डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने अध्ययनले निष्कर्ष निकालेको हो।
ओखलढुङ्गाको चम्पादेवीमा पहिरो जाँदा चार जनाको मृत्यु २५ बढी घर बगायो
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिनुभयो ।
बढ्न थाल्यो आयात
चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम भए पनि पछिल्ला महिनामा भने यो बढ्दो व्रmममा देखिएको हो । जेठमा मात्रै नेपालले एक खर्ब ४५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ । जुन चालु आवको मासिक आयातमा सबैभन्दा उच्च हो । चैत महिनायता आयात व्यापारमा क्रमशः सुधार देखिन थालेको हो ।
अवैधानिक नेपाली श्रमिकलाई वैधानिक बनाउने पहल
वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कागजातविहीन भएर बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको हो ।
राहदानी खरिद प्रक्रिया सुरु
नेपाल सरकारले राहदानी खरिद गर्न आवश्यक प्रक्रिया थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक प्रक्रिया र समन्वयमा काम गर्न परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई निर्देशन दिनुभएको छ । मौज्दात सकिन थालेकाले नयाँ राहदानी खरिद तथा छपाइका लागि प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव भरतराज पौड्याल, राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवलाई आवश्यक प्रक्रिया पूरा गरेर प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ ।
तेइस जलविद्युत् आयोजना क्षतिग्रस्त
पूर्वी नेपालमा यही असार १ र २ गते आएको बढीका कारण क्षतिपुग्ने जलविद्युत् आयोजनाको सङ्ख्या २३ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार प्रभावित आयोजनाका प्रवर्धकहरूसँग क्षति र अबको योजनाबारे छलफलका व्रmममा २३ आयोजनामा क्षति पुगेको निचोड निकालेको हो ।
पाँचथरका बाढी पीडितलाई तुइनबाट राहत पठाइयो
जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।
स्थानीय तहमा बजेट बनाउने चटारो
स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन्। स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ। बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नु पर्छ ।
तीन खर्ब ऋण थपियो दुई खर्ब भुक्तानी
चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ । राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ । सोही अवधिमा ७९ अर्ब ६७ करोड बाह्य ऋणसमेत गरेर तीन खर्ब छ करोड रुपियाँ ऋण लिएको कार्यालयले जानकारी दिएको छ ।
कृषि कार्यक्रममा बजेट अभावले अन्योल
अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केही निकायका बजेट शून्य बनाएपछि मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । कृषि मन्त्रालयका लागि बजेट विनियोजन भए पनि सो अन्तर्गत रहेका केही निकायका कार्यक्रममा अर्थ मन्त्रालयले रकम नहालेपछि थप कार्यक्रम अगाडि बढाउन कृषि मन्त्रालय अन्योलमा परेको छ । यस विषयमा कृषिमन्त्री डा. वेदुराम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरिरहनुभएको छ ।
बाढी-पहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम : उप्रधानमन्त्री श्रेष्ठ
मनसुनजन्य विपद्बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र संखुवासभा लगायत जिल्लामा भएको क्षतिको अवस्था,तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवालासँग छलफल गर्नुभएको छ।
मेलम्चीमा बेलिब्रिज जडान सुरु भएपछि स्थानीय खुसी
यही असार १ गतेको मेलम्ची बाढीले बगाएको मेलम्ची पुलमा अहिले बेलिब्रिज जडान थालिएको छ । नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको काम अघि बढेपछि मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकाका स्थानीय हर्षित भएका छन् ।
मन्त्री सिंहको निधनले बझाङवासी शोकमा
मङ्गलबार दिउँसो दुर्घटनामा परी निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधनले बझाङ जिल्ला शोकमा डुबेको छ ।
पोखरा विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरूकता देखाउनुपर्ने बताउनुभएको छ ।
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको हो ।
नेपाल योगाभ्यास गर्ने एउटा सुन्दर भूमि : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संसारभरका मानिसका लागि योगाभ्यास गर्ने एउटा सुन्दर भूमि रहेको बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
अमेरिकामाथि नेपालको सानदार जित
मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र दीपेन्द्रसिंह ऐरीले सम्हालिएको पारी खेलेपछि नेपालले जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकामाथि सानदार जित निकालेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय
सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
पन्ध्र सय वेबसाइट प्रभावित
सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो। तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ। श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताउनुभयो। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।
अनियमित विद्युत् आपूर्तिले उद्योगधन्दा समस्यामा
अनियमित विद्युत्का कारण दाङका सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत् आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिन छिनमै विद्युत् आउने जाने समस्याका कारण उद्योगमा समस्या परेको घोराही उपमहानगरपालिका–१८, अम्बापुरमा बिस्कुट उद्योग सञ्चालन गर्दै आउनुभएका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार विद्युत् अनियमित हुँदा उद्योगका सामान बिग्रिनुका साथै उत्पादन घटाउनुपर्ने बाध्यता छ ।
पाँच हजार रुपियाँमा अब छयसट्ठी पानाको राहदानी
६६ पानाको राहदानी लिने सेवाग्राहीको अभाव भएपछि ३४ पानासरहकै शुल्कमा वितरण थालिएको छ। राहदानी विभागले विद्युतीय राहदानी अन्तर्गत ३४ पानाको साधारण राहदानीकै शुल्कमा ६६ पानाको राहदानी वितरण गर्न थालेको हो। वितरण थालिएको एक वर्ष बिते पनि ६६ पानाको राहदानीको माग अत्यन्त न्यून भएकाले साधारण राहदानीसरह वितरण गर्नु परेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताउनुभयो।
समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद
सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी
केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ।