रेकर्ड नरहने इनकग्निटो मोड
हामीले मोबाइल तथा कम्प्युटर उपकरणमा गुगल क्रोम, इन्टरनेट एक्सप्लोरर, मोजिला फायरफक्सलगायतका वेब ब्राउजरको सहायताले वेबसाइट खोल्ने गर्छाैं। ब्राउजरको सहायताले वेबसाइट खोल्ने वा कुनै कुरा खोज्ने प्रक्रिया वेब ब्राउजिङ हो। तपाईंले नियमित रूपमा इन्टरनेट चलाउनुहुन्छ भने वेब ब्राउजिङ गर्ने सामान्यतया दुई वटा तरिका हुन्छन्। पहिलो तरिका भनेको सिधै वेब ब्राउजरबाट इन्टरनेट चलाउने र अर्को भनेको ‘इनकग्निटो’ मोडबाट इन्टरनेटमा रहेका कुरा खोज्ने वा वेबसाइट चलाउने।
साइबर हिंसाका घटना बढ्दै
सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित हुनुभयो– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उहाँ नेपाल प्रहरीको साइबर ब्युरो पुग्नुभयो र आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुग्नुभयो। उहाँले भन्नुभयो, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ।”
सामाजिक सञ्जाल व्यवस्थापनको आधार स्वनियमन र सचेतना : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताउनुभएको छ ।
सामाजिक सञ्जाललाई विज्ञापन बोर्डमा दर्ता गराउन पहल
विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर्न र बोर्डमा दर्ता गर्ने व्यवस्थामा बोर्ड लागेको जानकारी बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले दिनुभयो।
चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ ।
विज्ञापनमा पारदर्शिता कायम गर्न विज्ञापन नियमावली संशोधन
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विज्ञापन नियमावली संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा विज्ञापन नियमावली संशोधन भएको हो । विज्ञापन बजारमा मौलाउन थालेको अपारदर्शिताको अन्त्य गर्न सञ्चारमन्त्री शर्माले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लग्नुभएको थियो ।
लिमीमा नेपाल टेलिकमको फोर जी सेवा
हिमालपारीको गाउँको उपमा पाएको लिमीका तीनै गाउँमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ ।
१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न पहल
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको छ । सञ्जालहरू सही प्रयोग भन्दा पनि गलत प्रयोग बढी हुने गरेकाले यसको रोकथाममा सबैले पहल थाल्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।