• ५ जेठ २०८१, शनिबार

मन्त्री शर्माद्वारा रेडियो नेपालका उच्च व्यवस्थापनसित छलफल

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

काठमाडौं, साउन २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपालको प्रसारण क्षमता विस्तार र कार्यक्रमको विविधीकरणबारे उच्च व्यवस्थापनसित छलफल गर्नुभएको छ । 

रेडियो नेपालले चालु आवमा रुकुमपश्चिम, बाजुरा, सिन्धुली र पाल्पाबाट रिले प्रसारण सुरु गर्दैछ भने विराटनगर महानगरपालिकासितको सहकार्यमा महानगर एफएम सञ्चालन गर्दैछ । 

दाङ हेमन्तपुरमा दुई करोडको लगानीमा स्टुडियोसहित प्रादेशिक प्रसारण भवन निर्माणले यसै वर्ष पूर्णता पाउनेछ । रेडियो नेपालले डिजिटल प्लेटफर्मको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।

सोही अवसरमा मन्त्री शर्माले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्नसमेत निर्देशन दिनुभयो । रासस