फोन गर्दा डाँडाको प्रयोग
बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –१ काँडावासी फोन आउँदा डाँडा धाउने गरेका छन् । जिल्लाका अन्य ठाउँमा फोरजी सेवा सुचारु भए पनि यहाँ भने अहिलेसम्म फोन समेत राम्रोसँग लाग्ने गरेको छैन ।
दुर्गम बस्ती गुर्जाघाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’
तमानखोलाको जुर्गाघाटका स्थानीयले अब लेकमै मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली बत्ती पुगेको छैन ।
रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ ।
क्वान्टम मेकानिकल टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्नु भएको छ ।
‘हातमा एप’ बाट पनि गोरखापत्र पढ्न सकिने
अब गोरखापत्र संस्थानबाट प्रकाशित गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुनाका सामग्री गोरखापत्र अनलाइन र राइजिङ डेली डटकममार्फत ‘हातमा एप’ बाट पनि पढ्न र हेर्न सकिने भएको छ ।