• १३ वैशाख २०८१, बिहिबार

मोबाइल आयात साढे १४ अर्बले घट्यो

blog

काठमाडौं, साउन १३ गते । नेपालमा भित्रने मोबाइल फोनको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा गत आर्थिक वर्षमा मोबाइल आयातमा साढे १४ अर्बले कमी आएको छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब २८ करोड ६३ लाख बराबरको मोबाइल आयात भएको थियो भने गत आर्थिक वर्ष २०७९÷८० मा यो परिणाम घटेर २६ अर्ब ६५ करोड ७५ लाख ७० हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब १५ करोड ७७ लाख ८१ हजार थान मोबाइल आएको थियो । गत आर्थिक वर्षमा चार अर्ब छ करोड ८७ लाख ३८ हजार थान मोबाइत आयात भएको विभागले जनाएको छ ।

मोबाइल आयातबाट प्राप्त हुने राजश्वमा पनि गिरावट आएको छ । मोबाइलमार्फत अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एक अर्ब ७० करोड दुई लाख ३३ हजार राजश्वमा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षमा मोबाइलमार्फत छ अर्ब ६० करोड ११ लाख ६० हजार राजश्व संकलन भएकोमा गत आर्थिक वर्षमा यो रकम घटेर चार अर्ब ९० करोड नौ लाख २७ हजार राजश्व संकलन भएको छ ।