अन्तर वडा फुटसलको तयारी पूरा
दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
हक्की सङ्घको साधारण सभा सम्पन्न
नेपाल हक्की सङ्घको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एन्फा महिला लिग : एपिएफ शीर्षस्थानमा
कर्णाली प्रदेशलाई फराकिलो अन्तरले हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा महिला लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
प्रकाशलाई मिस्टर काठमाडौँ उपाधि
फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
सिटी र चेल्सीले जित्दा लिभरपुल नटिंघमसँग घरमै स्तब्ध
इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले जित निकाल्दा उपाधि दावेदार टोली लिभरपुल भने घरेलु मैदानमै नटिंघम फरेस्टसँग पराजित भएको छ ।
एमबाप्पे र भिनिसियसको पेनाल्टीमा गोल
स्टार खेलाडीद्वय केलियन एमबाप्पे र भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेपछि साविक विजेता रियाल मड्रिडले स्पेनिस ला लिगामा रियाल सोसिडाडमाथि सानदार जित निकालेको छ ।
पलेशालाई पोखरामा सम्मान, प्रदेश सरकारले मासिक भत्ता दिने
पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित हुनुभएको छ ।
विवेकद्वारा हङ्गेरीका बेन्स पराजित
हङ्गेरीमा बुढापेष्टमा जारी ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक थिङ्लेले दोस्रो चरणको खेलमा जित निकाल्नु भएको छ ।
बुल्गेरियाकी एन्ड्रिया काठमाडौँ स्पाइकर्समा
एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि काठमाडौँ स्पाइकर्सले विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ ।
पुलिस र आर्मीको बराबरी
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
चन्दाकै भरमा गोल्डकप आयोजनाको तयारी
मोरङको पथरी–११ फुटबल क्लब यतिबेला तेस्रो पटक सरेको मितिमा पथरीशनिश्चरे गोल्डकपको आयोजना गर्न जुटेको छ ।
एनपिएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख
नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपियाँ पारिश्रमिक पाउने भएका छन् ।
दसैँअघि युवा नीति घोषणा गर्दैछौँ: मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दसौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दसैँ अघिसम्म सकिसक्ने बताउनुभएको छ ।
भिजनलाई आईओएफटीसीको एक लाख रुपियाँसहित सम्मान
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले १४औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई एक लाख रुपियाँसहित सम्मान गरेको छ ।
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ ।
पारा तेक्वान्दो ‘क्विन’ पलेशा
केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो; जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गथ्र्याे ।
रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी : कसलाई कुन अवार्ड ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ।
आगामी आवमा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गर्नुभएको छ ।
‘एसियाले विश्व खेलकुदलाई अगुवाइ गरेको छ’
एसियाली खेलकुद पत्रकारहरूको छाता सङ्गठन एआइपिएस एसियाको २५ औँ साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । सो साधारण सभाको उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भएको एसियाली खेल पत्रकारहरूको साधारण सभाले खेल पत्रकार मात्र होइन, खेलजगत्लाई नै फाइदा पुग्ने विश्वास लिएको बताउनुभयो । यसै गरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो प्रतिष्ठित कङ्ग्रेसको आयोजना गर्न पाउनु नेपालका लागि गौरवको विषय हो भन्दै खेल पत्रकारिता ओलम्पिक मुभमेन्टलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने पक्ष रहेको बताउनुभयो ।
कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी
कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ ।
अमेरिकामा हुने विश्वकप लिग–२ सिरिजको तालिका सार्वजनिक
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
तीन खेलाडीलाई उपचार सहयोग
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
महिला उद्यमीद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासङ्घ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।