राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर १३ गते । नेपाल विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अमृत अर्याल चयन हुनुभएको छ । प्याब्सन पूर्व केन्द्रीय सदस्य अर्यालको नेतृत्वमा बनेको समितिको उपाध्यक्षमा ताराबहादुर गुरुङ (शमशेर), यदुकुमार थापा, सचिवमा रिबन बिक, कोषाध्यक्षमा अमृता हमाल बस्नेत रहनुभएको छ ।
समितिको सदस्यहरूमा एलबी गुरुङ, नारायण काफ्ले, नासीर खाँ, महेन्द्र थापा, द्रवेन्द्रदेव खनाल र प्रमिला अधिकारी क्षेत्री रहनुभएको छ ।
विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्दै खेलकुदको विकासमा सहयोग गर्ने लक्ष्य सहित कार्यसमिति गठन गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद विकास परिषदद्वारा मान्यता प्राप्त विद्यालय खेलकुद महासङ्घ ७७ जिल्ला, सात प्रदेश र केन्द्रीय कमिटी गठन हुने उहाँको भनाइ छ ।