इटालीबिना विश्वकप
डेढ दशकअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले कतारमा हुने विश्वकपमै नेपालले खेल्न पाउने आशा राखेका थिए । विश्वकप सुरु हुन अब एक वर्ष पनि छैन र नेपाल विश्वकपबाट अझै पनि कोसौँ टाढा नै छ । विश्वकपको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्षको अन्त्यमा विश्वकप हुँदैछ कतारमा । कतार विश्वकपमा धेरै प्रसङ्गको रेकर्ड बन्ने लगभग निश्चित छ । त्यो रेकर्डबाट नेपाल चुकेको मात्र हो । त्यसो त विश्वकपमा कैयौँ बलिया टिमले समेत पुग्न पाएका हुँदैनन् । अझ चार पटकको विश्वकप विजेता इटाली फेरि पनि चिप्लिएको छ । युरोपियन च्याम्पियन इटालीबिना लगातार दोस्रो पटक विश्वकप आयोजना हुने छ । उत्तरी म्यासेडोनियासँग प्लेअफमा मिलेको पराजयले इटालीलाई छनोट चरणमै सीमित गरिदियो ।
प्रशिक्षण क्याम्पमा रहेका ९ फुटबल खेलाडीको विद्रोह
एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् ।
एसिएन गेम्सका लागि बक्सिङको छनोट सुरु
नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गईरहेको १९औँ एसिएन गेम्सका लागि बक्सिङ खेलाडी छनोट सुरु भएको छ ।
विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेभएका छन् । नेपाल बक्सिङ संघले विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको हो ।
जिम्बावेविरुद्ध खेलको डिजिटल अधिकार ओएसआर डिजिटललाई
नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावेसँग नेपालले खेल्न लागेको जिम्बावे ‘ए’ सँग टी–२० र एकदिवसीय सिरिजको डिजिटल अधिकार ओएसआर डिजिटललाई प्रदान गरेको छ ।
एसियाडका लागि धमाधम खेलाडी छनोट गर्दै सङ्घहरु
चीनमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट सहभागि खेलका खेलाडी छनोट गर्न खेल संघहरुलाई अहिले चटारो परेको छ ।
सिटीसँग रियल पराजित
१३ पटकको च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीले रियललाई ४-३ गोलले हरायो ।
प्रदीप र प्रणव क्वार्टरफाइनलमा
प्रदीप खड्का र प्रणव खनाल आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
विश्वकप लिग–२ मा नेपालको पहिलो खेल ओमानसँग
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।