नेप्से परिसूचकमा गिरावट
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ।
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ ।
नेप्से परिसूचक झिनो अङ्कले ओरालो
काठमाडौं, भदौ १ गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुगेको छ। कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ मूल्यमा खरिद बिक्री भए।कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ। बैंकिङ तीन दशमलव ७५, व्यापार तीन दशमलव ८४, होटल तथा पर्यटन शून्य दशमलव १८, अन्य तीन दशमलव ४२, जीवन बीमा ४५ दशमलव ३३ र लगानी शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ।यस्तै, विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त सात दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव शून्य आठ, उत्पादन दुई दशमलव ५२, लघुवित्त तीन दशमलव शून्य नौ, सामूहिक लगानी कोष शून्य दशमलव शून्य पाँच अङ्कले उकालो लागेको छ। बुधबारको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ बराबर छ।कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको १८ करोड ४३ लाख ११ हजार आठ सय ९८ बराबरको कारोबार भयो। यस्तै, शिवम् सिमेन्ट छ करोड ९० लाख ५० हजार दुई सय २९, नबिल बैंक चार करोड २६ लाख ६५ हजार ७९, आइसिएफसी फाइनान्स तीन करोड ६५ लाख ५६ हजार तीन सय ३७ र नेपाल दूरसञ्चार कम्पनी तीन करोड ३३ लाख १४ हजार एक सय ४१ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र पर्न सफल भए।नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन्। श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्यो। मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर नौ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन्।यस्तै, सामलिङ पावर कम्पनी पाँच दशमलव १४, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव शून्य पाँच, सिङ्गटी हाइड्रोपावर तीन दशमलव ६४, सबैको लघुवित्त तीन दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले दुई दशमलव २३ प्रतिशतले गुमाएका छन्। रासस
नेप्से परिसूचक २४.८३ अङ्कले गिरावट
सोमबार एकैदिन उच्च अङ्कले बढेको नेप्से मङ्गलबार गिरावट भएको छ । आज नेप्से सूचक २४.८३ अङ्कले घटेर २०४१.०६ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार उच्च अङ्कले वृृद्धि भएको छ । सोमवार नेप्से सूचक ५५.८८ अङ्कले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो ।
इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै
इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो ।
रिचेतले आईपीओ जारी गर्ने
रिचेत जलविद्युत् कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
नेप्से परिसूचकमा १९.०६ अंकले गिरावट
पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ।