श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ खुला
श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गरेको हो ।
नेप्से परिसूचक १६.२७ अंकले बढ्यो
नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मङ्गलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।
नेप्से परिसूचक १८.०३ अङ्कले वृद्धि
पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अङ्कले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अङ्कले बढेको नेप्से परिसूचक सोमवार १८.०३ अङ्कले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक १.९३ अङ्कले बढ्यो
काठमाडौं, साउन १ गते। चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ। नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ। त्यसैको निरन्तरता स्वरुप आइतबार पनि सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ। आइतबार नेप्से परिसूचक १.९३ अङ्कले बढेर २०११.३९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अङ्कले घटेको छ। आइतबार कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से झिनो अङ्कले बढे पनि कारोबार रकम भने घटेको छ। नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ। तर यता, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।नेप्से सामान्य अङ्कले बढेसँगै राधी विद्युत् कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने प्रभु बैंक, नयाँ सारथी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी छ। यता,सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ। अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर २००९.४७ बिन्दुमा पुगेको हो ।
नेप्से परिसूचक ५९.५४ अङ्कले वृद्धि
पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन बढेको छ।
राप्ती हाइड्रोको आइपिओ खुला
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ ।
नेप्से परिसूचक ७७.०१ अङ्कले गिरावट
सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अङ्कले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.०३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अङ्कले घटेको छ ।