काठमाडौं नेप्से परिसूचक १३.५४ अङ्कले गिरावट
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से सूचक १३.५४ अङ्कले घटेर १९१२.७४ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचक ११.४६ अंकले गिरावट
काठमाडौं, भदौ २६ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।आइतबार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ। जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.५६ प्रतिशत बढेको छ। सामुदायिक लघुवित्तको शेयर मूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा बढी बढेको छ। तर, छ्याङ्दी हाइड्रो पावरको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव चार करोडको शेयर कारोबार भएको छ।
नेप्से परिसूचक २.१३ अङ्कले गिरावट
। बिहीवार पनि नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक २.१३ अङ्क घटेर १९३७.७४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अङ्क र फ्लोट इण्डेक्स ०.०८ अङ्क घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ ।
नेप्से परिसूचक ११.९७ अङ्कले गिरावट
पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधवार पनि घटेर कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक ११.९७ अङ्क घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७० अङ्क, फ्लोट इण्डेक्स ०.८० अङ्क र सेन्सेटिभ फ्लोट ०.५२ अङ्क घटेको छ ।
नेप्से परिसूचक २१.१६ अङ्कले गिरावट
सोमबार भएको कारोबारमा४.२९ अङ्क घटेर बन्द भएको नेप्से मङ्गलबार २१.१६ अङ्क घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अङ्क घटेको छ ।
नेप्से परिसूचक ४.२९ अङ्कले गिरावट
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइतबार सामान्य अङ्क बढेर बन्द भएको नेप्से परिसूचक आज ४.२९ अङ्क घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अङ्क, फ्लोट इण्डेक्स ०.३६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्क घटेको छ ।
नेप्से परिसूचक ६.६८ अङ्कले वृद्धि
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ । आज नेप्से परिसूचक ६.६८ अङ्क बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्क बढेको छ ।
नेप्से परिसूचक १.०८ अंकले घट्यो
बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।
नेप्से परिसूचक २१.९७ अङ्कले गिरावट
मङ्गलबार सामान्य अङ्कले वृद्धि भएको नेप्से परिसुचक बुधबार उच्च अङ्कले घटेको छ । आज नेप्से सूचक २१.९७ अङ्कले घटेर १९७३.३८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अङ्कले घटेको छ ।