नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि
मङ्गलबार उच्च अङ्कले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । आज नेप्से सूचक २३.८३ अङ्कले बढेर २१११.९९ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले गिरावट आएको छ । आज नेप्से सूचक ४४.८० अङ्कले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अङ्कले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अङ्क घटेको छ ।
नेप्से परिसूचक ६१.०५ अङ्कले वृद्धि
मौद्रिक नीति सार्वजनिक भएपछिको शेयर बजारमा उत्साह देखिएको आइतबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । मौद्रिक नीति आउने दिन शुक्रवार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अङ्कले बढेको हो । आइतबार नेप्से परिसूचक ६१.०५ अङ्कले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ ।
धौलागिरि लघुवित्तको आइपिओ आउँदै
कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।
अभियान लघुवित्तको आइपिओ आउँदै
कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।
स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला
सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
सेयर प्रत्याभूति
नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्का तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गर्नुभएको हो । सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा एक सय रुपियाँ अङ्कित दरले हुन आउने ५४ करोड ८८ लाख रुपियाँको सेयर कोषले प्रत्याभूति गर्नेछ ।
नेप्से परिसूचक ५.८७ अङ्कले गिरावट
पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बिहीबार सामान्य अङ्कले गिरावट आएको छ।
धितोपत्र बजार : सात अर्ब २० करोडको आइपिओ बिक्री
पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ ।