एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण
यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराउनुभएको छ ।
पाँच सय ४७ केजी तयारी गाँजासहित चालक पक्राउ
बर्दिबास प्रहरीले ५४७ किलो गाँजासहित मिनी ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै प्रहरीले अण्डा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको हो।
सप्तरीमा एक सय दशमलव ११ हेक्टर वन अतिक्रमित
सप्तरीमा एक सय दशमलव ११ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।
सप्तरीमा यस वर्ष आँप उत्पादन कम हुने
सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ ।
एकै दिन तीन सयभन्दा बढी सवारी साधन कारबाहीमा
मधेश प्रदेशमा शुक्रबार होलीपर्वको दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३१७ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५७ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
भारतीय गाडीको ठक्करबाट बालकको मृत्यु, तीन घाइते
जनार्जन खत्रीसर्लाही, चैत ३ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–८, बालुवाभारमा स्कारपियोको ठक्करबाट एक बालकाको मृत्यु भएको छ । दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । शनिवार राति हुलाकी सडकमा पार्किङ गरेर राखिएको बीआर ०६ पि ई २८२० नम्बरको जिपलाई बालुवाभारबाट मधुवनी गाउँतर्फ जाँदै गरेको बीआर ३० ए ई २४९० नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा अनियन्त्रित भई सडक छेउमा बसिरहेका मानिसहरूलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट भारतको सितामढी थाना बरगनिया नन्दबारा ग्राम पञ्चायत घर भई बलरास्थित मामाघर आएका रामेश्वर साहका छोरा पाँच वर्षीय पीयूषकुमार साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभयो । दुर्घटनामा बलरा नगरपालिका–८, का महेश साहकी छोरी पाँच वर्षीया आशिका कुमारी, ६५ वर्षीय सुनिलाल महतो र ४० वर्षीया लीला देवी घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । दुर्घटनापछि स्कारपियो चालक गाडी छाडेर फरार भएका छन् । प्रहरीले स्कारपियो नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी गरिरहेको डिएसपी राईले बताउनुभएको छ ।
वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो
औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।
हातपात हुनबाट जोगाउन दुई राउन्ड हवाई फायर
जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने प्रशुराम गिरीले परिवारमाथि हातपात गर्न आएकाबाट जोगाउन लाइसेन्स प्राप्त बन्दुकबाट दुई राउन्ड हवाई फायर गरेको हो।
वीरगन्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु. एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो ।
मधेशका मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि
होली पर्वको अवसरमा शुक्रबार मिथिला नाटयकला परिषद् जनकपुरधामले प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरेको हो।
सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप : रेलवे सुरक्षा बेस तनावग्रस्त
लोहरपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरीको रेलवे सुरक्षा बेसका सशस्त्र नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि बालिकालाई जबरजस्ती गरेको आरोपमा स्थानीयले विरोध गरेका छन् ।
समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन
वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ ।
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते
नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–४, मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
धनुषामा बस दुर्घटना: ३० भन्दा बढी घाइते
धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
सर्लाहीको पन्ध्र वटा अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवामा अवैध ढङ्गले सञ्चालित १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ ।
यस वर्षको महामूर्ख बन्ने पालो कस्को.. ?
धनुषा, चैत १ गते । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ ।होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् ९मिनाप० जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी ९होली० महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् ९मिनाप० यसका आयोजक हुन् । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्गात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ ।मिथिला ना्यय कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । आपसी भाइचाराका रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दूसँगै मुस्लिम युवाहरूले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरू गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न फागुन २९ गते ९बिहीबार० र आज चैत १ गते दुई दिवसीय होली महोत्सव आयोजना गरिएको बताउनुभयो । पहिलो दिन होरी अर्थात् फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी भएको मिनापका महासचिव मल्लिकले बताउनुभयो ।महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्त्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन छ ।यस्तो छ सम्मेलनको इतिहासमहामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ वीरगन्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा बताउनुहुन्छ, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो ‘कन्सेप्ट’ आएको थियो ।” समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले ठूलो भूमिका खेल्ने गर्छ झाले थप्नुभयो । वीरगन्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ ।विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा ९एमाले०का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा [एमाले]ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगन गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो भने २०८० को महामूर्खको उपाधि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो ।यसरी छनोट गरिन्छ महामूर्ख ?महामूर्खको छनोट कसरी हुन्छ भन्ने विषय धेरैको उत्सुकताको विषय हुनसक्छ । यस कार्यका लागि धेरै मेहेनत गर्नुपर्छ, धेरै दिमाग खियाउनुपर्छ आयोजकहरू बताउनुहुन्छ । महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्य कला परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर बताउनुहुन्छ, “महामूर्ख छनोटका लागि तयारी आयोजनासँग खोजी सुरू भइहाल्छ । यसका लागि एक कमिटी गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । केही व्यक्ति महामूर्ख बन्नका लागि कम्मर कसेर लागेको हुन्छ ।”जनकपुरधामको स्थानीय पत्रिकाहरू एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाउँछन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य राजेश कर्ण भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई मिडियाले क्यास नगर्ने कुरै आउँदैन । फेरि मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढ्ने गर्छ । सामान्यतः धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ रु तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपालि म महामूर्ख बनु ।” विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि हो, प्रेमले मानिस हरेकथोक अर्थात् विष पनि पिउने गरेको इतिहास छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।”यस वर्ष को बन्लान् महामूर्ख ?मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकाङ्क्षीको नाम चर्चामा छ ।मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न सांसद तथा समाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छनोट समितिले लगभग सबै तयारी गरिसकेको छ, अब आज हुने महामूर्ख सम्मेलनमा नै नाम घोषणा गरिन्छ, अहिले यसलाई रहस्यमै राख्नु उचित हुन्छ ।”
क्रसिङपछि चिनी उद्योग बन्द
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।
उखु अभावमै क्रसिङ सम्पन्न
उखु अभाव र मौसमी प्रतिकूलताको सामना गर्दै रामनगरस्थित एभरेस्ट चिनी मिलले यस वर्षको क्रसिङ सम्पन्न गरेको छ । एभरेस्टले बिहीबार बिहानदेखि चालु सत्र २०८१/८२ को क्रसिङ सम्पन्न गरेको जनाएको छ ।
एभरेस्ट चिनी मिलकाे क्रसिङ सम्पन्न
उखु अभाव र मौसमी प्रतिकुलताको सामना गर्दै रामनगरस्थित एभरेस्ट चिनी मिलले यस वर्षको क्रसिङ सम्पन्न गरेको छ ।
सप्तरीबाट एसइई परीक्षामा ८ हजार ७ सय १५ विद्यार्थी सहभागी हुँदै
यसपाली हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सप्तरी जिल्लाको एक सय ४२ विद्यालयबाट आठ हजार ७ सय १५ जना विद्यार्थी सहभागी हुँदैछन् ।
मधेसमा सुनिन छोड्यो होलीको ‘जोगिरा’
वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ ।
मिथिला माध्यमिकी परिक्रमाका सहभागी जनकपुरमा
नेपालको सबैभन्दा लामो धार्मिक पदयात्राको रूपमा परिचित १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू बिहीबार जनकपुरधाम आइपुग्नुभएको छ ।
'आधुनिक ट्रायल सेन्टरले यातायात व्यवस्थालाई मर्यादित बनाउने'
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएपछि यातायात व्यवस्थापन थप मर्यादित र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभएको छ ।